Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तीन वर्षपछि काभ्रेपलाञ्चोकमा कानूनी शिक्षा अभियान !

काभ्रेपलाञ्चोक । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक एकाइले ‘कानुनी शिक्षा’ अभियान थालेको छ । एकाइले यो सातादेखि तेमाल गाउँपालिकाबाट कानूनी शिक्षा अभियान थालेको हो ।

जिल्लाका सबै स्थानीय तहमा समन्वय गर्दै संहिता–२०७४ तथा स्थानीय तहमा बनेका कानूनका विषयमा वडास्तरका जनप्रतिनिधि एवं स्थानीयलाई जानकारी गराइने एकाइ सचिव मदुसुदन वाग्लेले बताए । “अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र स्थानीय बासिन्दालाई आफ्ना कानूनबारे जानकारी नहुँदा अभियान नै थाल्नुपर्ने आवश्यकता देखियो”, उनले भने । उनका अनुसार अभियानको पहिलो चरणमा बारका प्रतिनिधि र जनप्रतिनिधिको संयुक्त बैठक राखी कानूनी साक्षात्कार गरिने तथा पृष्ठपोषण दिइनेछ ।

स्थानीय तहका जनप्रतिनिधि (न्यायिक समितिका पदाधिकारीसहित)सँग साक्षात्कारपछि वडास्तरमा कानूनी शिक्षाको योजना बनाइनेछ । स्थानीय तह पनि आफ्नै कानून निर्माण गरिरहेको सन्दर्भमा स्थानीयवासीलाई समेत कानूनी सचेतना गराउनुपर्ने भएकाले बारको समन्वयमा कानूनी शिक्षा कार्यक्रमको योजना बनाइएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताइन् । उनले भनिन्, “अब स्थानीय बासिन्दालाई नयाँ संहिता र पालिकाको कानूनबारे जानकारी दिनु अत्यावश्यक भइसक्यो ।”

उपाध्यक्ष तामाङले गाउँपालिकामा अवस्थित विद्यालयमा पनि संहिता र स्थानीय तहको कानूनबारे शिक्षा दिनुपर्ने बताएकी छिन् । “कानूनी शिक्षा विद्यार्थीको प्राथमिकतामा राख्दा बहुउपयोगी देखिन्छ, विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई कानूनबारे सचेत गराउँछन्”, उनले भनिन् । उनका अनुसार तेमालमा ६१ मेलमिलापकर्ता र तीन न्यायिक समितिका पदाधिकारीले न्याय सम्पादन गर्दै आएका छन् ।

एकाइसँग समन्वय गरी सम्पूर्ण जनप्रतिनिधि तथा बासिन्दालाई न्यायिक शिक्षा प्रदान गर्न आफू तयार रहेको गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले बताए । उनले भने, “स्थानीय सरकार सञ्चालन ऐन–२०७४ बारे पनि स्थानीयवासीलाई जानकारी गराउँदा न्याय सम्पादनमा सजिलो हुन्छ, कानूनसँगै सरकार सञ्चालनबारे जानकारी अत्यावश्यक देखियो ।” गाउँसभामार्फत हालसम्म सात ऐन, नियम र कार्यविधि तयार गरिएको उनले बताए । “थप कानून बनाउन बारसँग समन्वय गर्दै जानेछौँ”, उनले भने ।

मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीले स्थानीयस्तरमा कानूनी सेचतना गर्न नभ्याइरहेको अवस्थामा ढिलोगरी भए पनि ‘कानूनी शिक्षा’ अभियान थालिएको वाग्लेले बताए। “तेमालबाट अभियान शुरु गर्याै, क्रमैसँग अन्य पालिकासँग समन्वय गर्दै जानेछौँ”, उनले भने । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies