Khabar Dabali Logo
  April 6, Mon

होमस्टेमा आउने पर्यटक सिस्नुको परिकारमा रमाउँदै

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो ।

होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले जानकारी दिए “यहाँ आउने स्वदेशी तथा विदेशीले स्थानीय खाना बढी खोज्ने गरेका छन्”, उनले भने, “सिस्नु पहिलो रोजाइमा पर्ने गरेको छ ।”

होमस्टेमा आउनेमा बढी स्वदेशी हुने गरेको उनीहरुले प्रायःजसोले सिस्नोको स्वाद लिने र फर्किदा सिस्नुको पीठो लैजाने गरेको सञ्चालक मल्लले बताए । “यहाँ आउने प्रायः नेपाली पर्यटक बढी हुने गरेका छन्”, उनले भने, “स्थानीय सिस्नुको स्वाद चाख्छन् र सिस्नु पीठो घरमा पनि लैजान्छन् ।”

यहाँ आउने विदेशी पर्यटकले इन्टरनेटको माग बढी गर्ने गरेका छन् । सो सुविधा नभएकोले यहाँ आउने विदेशीले लामो समयसम्म बस्न नमान्ने वडाध्यक्ष रजबहादुर मल्लले जानकारी दिए । “होमस्टेमा विदेशी पर्यटक पनि आउँछन्”, उनले भने, “विदेशी इन्टरनेटको माग बढी गर्छन् । यहाँ इन्टरनेट नहुँदा धेरै बस्न मान्दैनन् ।”

होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले भने, “नेपाली पर्यटकले इन्टरनेटको खासै माग गर्दैनन्”, उनले भने, “मोबाइल फोन पनि राम्रो काम नगर्ने गाउँमा विदेशी पर्यटकहरुले इन्टरनेटको माग बढी गर्छन् ।”

फागुन १३ गते, २०७६ - १३:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो, १२ घन्टामा चार सय ९० जनामा सङ्क्रमण

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार...   
नागार्जुनका सबै वडामा राहत वितरण शुरु

नागार्जुनका सबै वडामा राहत वितरण शुरु

काठमाडौ । काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ । कोभिड –१९ को सम्भावित...   

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

गोरखा । कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा...   

एजेन्टलाई कमिसन नदिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड...   

कोरोना: बजारमा एक पुरुषले अरू मानिससामु खोकेपछि अदालतको कठघरामा

काठमाडाै । न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस...   
बिमान निर्माता बोइङको कारखाना अनिश्चितकालीन बन्द गर्ने

बिमान निर्माता बोइङको कारखाना अनिश्चितकालीन बन्द गर्ने

वासिङ्टन । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण...   

समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ : गृहमन्त्री थापा

काठमाडौ । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र...   

बीस वर्षीया अनिताको छातीमा गोली हानी हत्या, श्रीमानले नै गोली हानेको हुन सक्ने

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या...   

वनसुुरक्षा गस्तीटोली र तस्करबीच दोहरो गोली हानाहान

रौतहट । गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच...   
बलिउड निर्माताकी छोरीमा कोरोना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

बलिउड निर्माताकी छोरीमा कोरोना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

चेन्नई एक्सप्रेस र रा–वनजस्ता फिल्मका निर्माता करिम मोरनीकी छोरी शाजामा कोरोनाभाइसको संक्रमण पुष्टि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top