लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ ।
यस चालू आवको करीब साढे सात महिनामा मात्रै ५९ जना हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस आवको साउनदेखि फागुन महिनाको ११ गते सम्ममा उक्त सङ्ख्यामा महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । यीमध्ये ४३ महिला, तीन बालक, ११ बालिका र तीनजना ज्येष्ठ नागरिक छन् । हराएकामध्ये २२ महिला, तीन बालक, १० बालिका र दुईजना ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताइन्। उनका अनुसार अझै २० महिला, एक बालिका र एकजना ज्येष्ठ नागरिक भेटिएको छैनन् । हराएका महिला तथा बालबालिकाको खोजी भइरहेको उनको भनाइ थियो ।
त्यस्तै आव ०७५÷७६ मा १०५ महिला तथा बालबालिका हराएका छन् जसमा ७३ महिला, सात बालक र २५ बालिका छन् । सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै आव ०७३÷७४ मा ८० महिला तथा बालबालिका रहेको थियो जसमा २३ महिला, १२ बालक र १८ बालिका छन् । सोमध्ये २३ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा छ ।
हराएको जानकारी प्रहरीसामु आए पनि फर्किएको तथा फेला परेको जानकारी परिवारले प्रहरीलाई नदिँदा हराएको महिला तथा बालबालिका कम फेला परेको देखिएको सेवा केन्द्रका प्रमुख अधिकारीले बताइन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: