Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल सकेर फर्किँदै छन् । सार्कको १९औँ शिखर सम्मेलन अनिश्चयबीच उनी स्वदेश फर्कन लागेका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - पाकिस्तानी कूटनीतिज्ञ सियाललाई ४ चैत ०७२ मा पोखरामा बसेको सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकले महासचिवमा अनुमोदन गरेको थियो ।

सोही बैठकले २४–२५ कात्तिक ०७३ मा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा गर्ने निर्णय गरेको थियो । सार्क शिखर सम्मेलन नभई महासचिव सियालको कार्यकाल पूरा हुँदै छ ।

नियमित रूपमा सम्मेलन भइदिएको भए सार्कको अध्यक्ष मुलुक पाकिस्तान हुँदै यतिवेला श्रीलंका हुनुपर्ने थियो । सार्कको २०औँ सम्मेलन श्रीलंकामा सम्पन्न भएर ०७७ मा अफगानिस्तानले सम्मेलन आयोजना गर्ने अवस्था हुन्थ्यो ।

०७३ कात्तिकमा पाकिस्तानमा १९औँ सम्मेलन सम्पन्न हुन्थ्यो भने ०७५ कात्तिक÷मंसिरमा श्रीलंकाले सम्मेलन सम्पन्न गरिसक्नुपर्ने थियो । तर, भारत र पाकिस्तानको विवादका कारण १९औँ सम्मेलन नै अनिश्चित छ ।

सार्कको १४औँ महासचिवका रूपमा नियमित प्रक्रियाबाटै श्रीलंकाका कूटनीतिज्ञ एसाला विराकुनले आगामी २० फागुनदेखि कार्यभार सम्हाल्दै छन् ।

न्युयोर्कमा १० असोजमा भएको सार्क परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकले श्रीलंकाली कूटनीतिज्ञ विराकुनको नाम नयाँ महासचिवमा अनुमोदन गर्ने तय गरेको थियो । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए ।

बैठकमा भारतका विदेशमन्त्री डा.सुब्रमण्यम जयशंकर र पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरेसी सँगै थिएनन्, तर सहभागी भए । भारतीय र पाकिस्तानी विदेश मन्त्रालयका सहसचिवस्तरीय अधिकारीहरू भने बैठकमा सहभागी भए ।

उनीहरूले श्रीलंकाली कूटनीतिज्ञको नाममा समर्थन जनाएका थिए । स्रोतका अनुसार कूटनीतिक च्यानलमार्फत सार्कका आठै देशले उनको नाम अनुमोदन गरेका छन् ।

विराकुन सार्क महासचिव हुने दोस्रा श्रीलंकाली कूटनीतिज्ञ हुन् । श्रीलंकाका पूर्वविदेशसचिव निहाल रोड्रिगो यसअघि महासचिव भइसकेका छन् । भारत र नर्वेका लागि पूर्वश्रीलंकाली राजदूत रहेका विराकुन श्रीलंकाको पर्यटन मन्त्रालयको पर्मानेन्ट सेक्रेटरीका रूपमा हाल कार्यरत छन् ।

सार्कमा देशको नामको वर्णानुक्रमअनुसार तीन वर्षमा सम्बन्धित देशले महासचिवको नाम प्रस्ताव गर्छन् र सबैले अनुमोदन गरेपछि महासचिवले पदबहाली गर्छन् ।

‘सार्कका परराष्ट्रमन्त्रीस्तरीय बैठकमा महासचिवको नाम प्रस्तुत हुन्छ र अनुमोदन हुन्छ, अनौपचारिक बैठकसमेत नहुने अवस्थामा कूटनीतिक च्यानलमार्फत महासचिवको नाम पठाइन्छ र सदस्य मुलुकले नाम अनुमोदन गरेपछि महासचिवले कार्यभार सम्हाल्न सक्छन्,’ सार्कका पूर्वमहासचिव अर्जुनबहादुर थापाले भने ।

यसरी रोकियो शिखर सम्मेलन
काठमाडौंमा १०–११ मंसिर ०७२ मा सम्पन्न सार्कको १८औँ शिखर सम्मेलन ९१०–११ मंसिर २०७१० ले ०७३ कात्तिक २४ र २५ गते पाकिस्तानमा १९औँ सम्मेलन गर्ने र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

तर, सम्मेलनको मितिभन्दा दुई महिनाअघि (२ असोज ०७३) भारतको उरीमा १९ जना भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । त्यसपछि रोकिएको सार्क सम्मेलन भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएका कारण अझै अनिश्चित छ ।

१९८५ डिसेम्बरमा सात राष्ट्र रहेर स्थापना भएको सार्कमा सुरुमा सात मुलुक रहे पनि सन् २००७ अप्रिलमा १४औँ शिखर सम्मेलनबाट अफगानिस्तान थपिएको थियो । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् ।

युरोपियन युनियन, चीन, जापान, इरानसहित सार्कका नौवटा पर्यवेक्षक मुलुक छन् । सार्क सचिवालयमा महासचिवबाहेक आठै देशका निर्देशक (उपसचिव तहका) कार्यरत छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies