Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

लागु औषधसहित सात पक्राउ

रुकुम । रुकुम पश्चिममा अवैध लागुऔषध र ट्याबलेटसहित सात पक्राउ परेका छन् । पक्राउ परेका सातमध्ये पाँच जनासँग अवैध चरेश र दुई जनासँग लागुऔषध ट्याबलेट फेला परेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलन गरी लागुऔषध चरेश र ट्याबलेट कारोवारीलाई एकैसाथ सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–११ का २८ वर्षीय विमलकुमार शाही र सानीभेरी गाउँपालिका–४ का बलबहादुर चन्द रहेका छन् ।

त्यस्तै बाँफीकोट गाउँपालिका–८ का २३ वर्षीय लक्ष्मण केसी र सोही गाउँपालिका–५ का ३१ वर्षीय महेन्द्रकुमार केसी रहेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक केसीका अनुसार गएको माघ २४ गते बिहान ४ बजे आठबिसकोट नगरपालिका–१४ छेपारेमा अवैधरुपमा लुकाइछिपाइ राखेको स्थानबाट चारलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चारैबाट २७५ ग्राम परिमाणको खैरो रङको सेलेदार चरेश, अफिमजस्तो देखिने ३० ग्राम कालो अर्ध ठोस पदार्थ र १३ किलोग्राम खैरो रङको अर्ध ठोस पदार्थ बरामद गरिएको बताइएको छ । पक्राउ परेका चारैलाई रुकुम जिल्ला अदालतबाट पहिलोपटक म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका–१ घ्यूखोलाबाट रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० का १९ वर्षीय सिलास बुढालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बुढाको साथबाट एक किलोग्राम लागुऔषध चरेश, जनावरको जस्तो देखिने ७०० ग्राम सुकुटी र कस्तुरीको एक थान दाँत फेला परेको प्रहरीले जनाएको छ ।

त्रिवेणी गाउँपालिका–३ झुल्नेटा बजारबाट मुसिकोट नगरपालिका–३ का २१ वर्षीय विष्णु कसेरा र पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का १९ वर्षीय गायस पुनलाई लागुऔषध ट्याबलेटसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका कसेरा र पुनको साथबाट अवैध लागुऔषध ट्रमाडोल १७७ क्याप्सुल र २५७ विभिन्न नामका लागुऔषध ट्याबलेट बरामद गरिएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies