Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

महरा ‘निर्दोष’

काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - ३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट सफाइ पाउने फैसला सुनाएको हो।

पीडित भनिएकी महिला कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास नभएको जिकिरसहित अदालतमा गरेको वकपत्र, महराले दिएको इन्कारी बयान र फरेन्सिक ल्याबको रिपोर्टलाई आधार मानेर इजलासले सफाइ दिएको हो। जिल्लाले सफाइ दिँदा प्रमाणको ठोस मूल्यांकन नगरेको बताउँदै महरालाई जेलसजाय मागसहित सरकारी वकिल पुनः उच्च अदालतमा जाने भएका छन्। महराले आफू शाहीको कोठाभित्र नपसेको तर कोठाको आसपास पुगेर फर्केको बयान अदालतमा दिएका थिए। पीडितले महरा आफ्नो डेरा–कोठामा जाँदै नगएको तथा औंठाछाप नमिलेको भन्ने विषयलाई अदालतले सफाइको आधार बनाएको छ।

प्रहरी र अदालतमा दिएको बयानमा महराले पीडितको इलाकामा गएको तर फोनसम्पर्क नभएपछि कोठाबाट फर्किएको बताएका थिए। ‘प्रतिवादीको तत्काल अनुसन्धानका क्रममा भएको बयान र यस अदालतमा जाहेरवाली पीडितले गरिदिएको वकपत्र, प्रतिवादीको इन्कारी बयानलाई पुष्टि गर्दै यी प्रतिवादी बारदातको दिन आफ्नो डेरा–कोठामा आउँदै नआएको र प्रतिवादीले कुटपिटलगायत अभियोग दाबीबमोजिम कसुर नगरेको भनी स्पष्ट रूपमा खुलाइदिएको,’ अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले संक्षिप्त फैसला वाचन गर्दै भने, ‘साथै औंठाको छाप जाँच गर्ने विशेषज्ञको प्रतिवेदन र वकपत्र, परीक्षणका लागि पठाइएको गिलास, चस्मासमेतमा रहेको औंठाको छाप प्रतिवादीको औंठाको छापसँग तुलनात्मक रूपमा विश्लेषण गर्न नपाइएको भन्नेसमेतका आधारमा अभियोग दाबीबमोजिम कसुर गरेको स्थापित हुन नआएको कारणबाट प्रतिवादीले अभियोगदाबीबाट सफाइ पाउने ठहर्छ।’

अदालतले घटना हुने दिन महराले रक्सी पिएको भनिएको गिलास र उनले प्रयोग गर्ने चस्मामा भएको औंठाछापको नमुनासमेत ‘म्याच’ नगरेको जनाएको छ। प्रहरीमा जाहेरी दिने बेला शाहीले भाँच्चिएको चस्मा र जुत्ताको तलुवा महराकै भएको दाबी गरेकी थिइन्। तर अदालती वकपत्रमा भने उनले कुरा फेरिकी थिइन्।

यसअघि जिल्ला र उच्च अदालतले नै पीडित भनिएकी महिलाले महरा र निजका छोरासमेतसँग मोबाइलमा भएको एसएमएस संवाद, शरीरका विभिन्न भागमा घाउ, चोट, नीलडाम र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई आधार मानेर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालत पाटनले पनि अभियोगपत्रसँग पेस भएको दसी प्रमाण, मिसिल संलग्न कागजात, घटना प्रकृति मुचुल्का, पीडितको मेडिकल रिपोर्ट, सुरक्षाकर्मीको वकपत्र तथा किटानी जाहेरीका आधारमा थुनामुक्त गर्न नमिल्ने निर्णय दिँदै महराको निवेदन खारेज गरेको थियो।

महराले आफूविरुद्ध झुठा मुद्दा लगाइएको र राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गर्दै आएका थिए। महराको साथमा गएका सुरक्षाकर्मी काजीराम रानामगरसहितका सुरक्षाकर्मीले घरको गेटभित्र पसी डेढ घण्टापछि फर्केको भन्दै गरेको कागज, वारदातपछि पीडितले ‘रुँदै’ महराले आफूलाई कुटपिट गरी जबर्जस्ती करणी गर्न खोजेको भन्दै प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेको र यस विषयमा महानगरीय वृत्त नयाँ बानेश्वरलाई जानकारी गराएको भन्दै ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक वीरबहादुर बोहोराले गरेको कागजको ठोस विश्लेषण गरिएको छैन। यस्तै पीडितको कोठामा देखिएको रक्सीको बोतल, गिलास तथा बदाम भएको प्लेट, भाँच्चिएको चस्माको फ्रेम, जुत्ताको तलुवा, पीडितले उपचारका लागि अस्पताल जाँदा कुटपिट भएको भन्दै लेखाएको ‘मेडिकल हिस्ट्री’ एवम् घटनास्थल प्रकृति मुचुल्काका विषयमा पनि इजलासबाट विश्लेषण भएको छैन।

महरालाई बलात्कार प्रयासमा सात वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो। गत असोज १२ गते महरा शाहीको तीनकुनेस्थित डेरामा पुगेर हातपात गर्दै करणी उद्यद्दोग गरेको अभियोग थियो।

महराले सफाइ पाएपछि महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले फैसला अध्ययन गरेपछि माथिल्लो अदालतमा जाने–नजाने विषयमा निर्णय लिइने बताए। ‘सिद्धान्ततः फैसला नमिले वा चित्त नबुझे सर्वोच्चसम्ममै जाने अधिकार छ। तर फैसला अध्ययन गरेर आधार कारण हेरेर निर्णय हुन्छ,’ रेग्मीले अन्नपूर्णसँग भने।

उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता सूर्य दाहालले पनि पूर्ण फैसलापछि निर्णय लिइने बताए। उनले पुनरावेदन गर्न नपर्ने अवस्थामा मात्र जिल्ला सरकारी वकिलको रायबमोजिम महान्यायाधिवक्तासमक्ष पेस गरिने जानकारीसमेत दिए। बहस–पैरवीका क्रममा अभियोगपत्रमा लिएको दाबी निराधार रहेको बताउँदै पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी, अधिवक्ता डा. दीनमणि पोखरेल, डा. भीमार्जुन आचार्य, मुरारी सापकोटा र चन्द्रप्रसाद गुरागाईंले खारेज गर्नुपर्ने माग गरेका थिए।

अदालतबाट सफाइपछि महराले विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएको आरोप गलत साबित भएको बताएका छन्। ‘सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ। उनले सहयोग गर्ने राजनीतिक व्यक्तिलगायत सबैमा आभार प्रकट गरेका छन्। उनले एक सय ३३ दिन प्रहरी हिरासत र कारागारमा बसी ‘तथाकथित’ आरोप खेपेको दाबीसमेत गरेका छन्। ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ,’ महराले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण छ र सधैं रहिरहनेछ।’ महरा छुटेलगत्तै सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले बधाई दिएका छन्।

महरालाई दाहाल र नेता नेपालले एउटै फोनबाट बधाई दिएका हुन्। ‘दाहाल र नेता नेपाल बानेश्वरको अर्याल होटलमा छलफलमा बस्नुभएको थियो’, नेकपाका एक नेताले भने, ‘उहाँहरू दुवैले महरा सर छुटेपछि एउटै मोबाइलबाट फोन गरेर पालैपालो बधाई दिनुभयो।’ ती नेताका अनुसार पहिला फोनमा दाहालले महरालाई बधाई दिएका थिए। त्यसपछि त्यही फोनबाट नेता नेपालले बधाई दिएका थिए। अध्यक्ष दाहाल र नेता नेपालले फोन गरेर बधाई दिँदा महरा डिल्लीबजार कारागारमा थिए। नेकपाको तीनमहिने विशेष अभियानकाअन्तर्गत मंगलबार सुर्खेत जाने विषयमा दाहाल र नेपालबीच छलफल भएको थियो। छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies