Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता खरेल

चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उनले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए ।

पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उनले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा दुई हजार भन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह–न्यायाधिवक्ता राख्नुपर्ने उनको भनाइ थियो । एक सय ५० वटा मुद्दालाई हेर्न एकजना सरकारी वकिल चाहिने भए पनि त्यस अनुरुपको जनशक्ति अभाव रहेको उनले बताए ।

उजुरी परेपछि तत्काल पक्राउ भन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उनको धारणा थियो । कारागार व्यवस्थित हुन नसक्दा त्यहाँ बस्नेको जीवन कष्टकर हुने गरेको भन्दै उनले यसलाई सुधार गृहको रुपमा व्यवस्थित गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले न्याय सम्पादन छिटो र छरितो हुनुपर्नेमा जोड दिए । सो अवसरमा नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावल, जिल्ला अदालत बार एशोसिएशन चितवनका अध्यक्ष कमल पाठक लगायतले बोलेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणका लागि ललितपुरको हनुमान कन्ट्रक्सनसँग सम्झौता भएको छ । सो कम्पनीले रु चार करोड ९८ लाख ७१ हजानर १४१ मा बोलपत्र सकार गरेको हो । विसं २०७८ मङ्सिर १८ गतेसम्ममा भवन सम्पन्न गर्नुपर्ने हुन्छ । साढे तीन तले अपाङ्गमैत्री भवनमा २४ कोठा हुनेछन् । थुनुवा कक्ष, बयान कक्षसहितको सो भवनमा छ जना सरकारी वकिल रहन सक्ने गरी कोठा व्यवस्थापन गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies