Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको ताला ९ महिनापछि खुल्यो

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला नौ महिनापछि शनिबार खुलेको छ । गत चैतको अन्तिम साता नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - नेविसंघले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवाद समाधान गर्ने र व्यवस्थित प्रयोजनका लागि उच्च स्तरीय कार्यदल गठन हुनुका साथै सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएकाले कार्यदलको कार्यमा सहजीकरणका लागि तालावन्दी खोल्ने निर्णय लिएका विज्ञप्तीमा उल्लेख छ ।

नेविसंघले १५ दिनसम्म विवाद समाधान नभए पुनः थप आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिएको छ । विश्वविद्यालयका तत्कालिन उपकुलपति भुषण श्रेष्ठ र रजिस्टार भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेका थिए ।

गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधी संकायका डिन प्रा।डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन डा। गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको थियो । एउटै विश्वविद्यालयमा दुई÷दुई वटा उपकुपति र दुई वटा रजिष्ट्रार अवैधानिक भएको भन्दै पदमुक्त भएकै लाई जिम्मेवारीमा फर्काउन तालावन्दी गरेको नेविसंघ नेता कैलाश चन्दले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies