Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

अवैध क्रसर सञ्चालकले किन दिए बाघवीर डाँडाका स्थानीयलाई धम्की ?

काभ्रे । गाउँ नै उठिबास लगाएको विषयमा उजुरी गरेको भन्दै अवैध क्रसर सञ्चालकले पनौती–२ बाघवीर डाँडाका स्थानीयलाई धम्की दिएका छन् । बाघवीर–२ की स्थानीय रीता भुजेलका अनुसार काठमाडौं रोडा तथा ढुंगाखानी उद्योगका सञ्चालक कैलाश कुँवरले स्थानीयलाई धम्की दिएका हुन् ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - बाघवीर डाँडामा अहिले भुजेल समुदायको ६ घरपरिवार बस्छन् । खानी सञ्चालनका लागि उद्योगले भुजेल गाउँबाहेक वारिपारिका तीन सय रोपनी डाँडा खरिद गरिसकेको छ । सोही डाँडाको फेदमा उनीहरूले ढुंगाखानी तथा क्रसर उद्योग सञ्चालन गरेका छन् ।

उद्योगबाट चल्ने डोजरले भुजेल गाउँको फेद र बायाँतर्फको भाग ताछिसकेको छ । पहिरोले गाउँ नै लैजाने डर भएपछि भुजेल गाउँका स्थानीयले वडा, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी गरेका थिए । क्रसरको सम्बन्धमा उजुरी गरेको र पत्रकारलाई समेत उनीहरूले नै जानकारी दिएको भन्दै उद्योगका सञ्चालक कुँवरले भुलेज गाउँका स्थानीयलाई धम्की दिएका हुन् ।

क्रसरले पु(याएको क्षतिबारे नयाँ पत्रिकाले स्थलगत रिपोर्टिङ गरेको थियो । ‘पत्रकार बोलाएर जानकारी दिएको भन्दै कैलाशबाट हामीलाई धम्की आएको छ, अब त ज्यान जोगाउनै समस्या होलाजस्तो छ ।’ कैलाशको भनाइ उद्धृत गर्दै रीताले थपिन्, ‘जहाँ–जहाँ गएर जे–जे सक्छौ गर । तर, हामी पनि चुप लागेर बस्दैनौँ, तिमीहरूले सकेको गर, सकेको हामी पनि गर्छौँ ।’ रीताका अनुसार भुजेल गाउँका स्थानीयको जग्गा एक वर्षको भाका राखेर उद्योगले हडप्न लागेको छ ।

हामी निरीह छौँ
पुरुषोत्तम अधिकारी, वडाध्यक्ष, पनौती–२
पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले क्रसर उद्योगको ज्यादती थामिनसक्नु रहेको बताए । उनले भने, ‘क्रसर उद्योगको ज्यादती धेरै छ । तर, यसमा हामीले गर्न सक्ने केही छैन । स्थलगत रूपमा म पनि गएको छु । स्थानीयको पीडा मलाई थाहा छ । तर, हामी निरीह छौँ । बन्द गर्ने तहमा जिल्ला समन्वय समिति छ । त्यहाँ सिडिओ र प्रहरीको समेत निर्णायक भूमिका रहन्छ । उनीहरूले केही गर्दैनन् । हामीले के गर्न सक्छौँ ?’

बदमासीले सीमा नाघ्यो
उद्धव केसी, प्रमुख, जिसस काभ्रे
काभ्रेमा २२ वटा ढुंगाखानी र ३२ वटा क्रसर उद्योग छन् । तिनीहरूको अनुगमन हामीले भर्खरै गर्‍यौँ । स्थिति भयावह छ । हामी प्रतिवेदन बनाउँदै छौँ । हामीले दुईवटा क्रसर र दुईवटा ढुंगाखानीलाई त बन्द नै गर्‍यौँ । बाँकीका पनि मापदण्ड पुगेको छैन । उनीहरूलाई मापदण्डभित्र आउन भनेका छौँ । जसले मापदण्ड पूरा गर्न सक्दैन, उसलाई स्थानान्तरण गर्न भनेका छौँ ।

उनीहरू उद्योगमा दर्ता छन् । उद्योग बन्द गराउने अधिकार हामीसँग छैन । बदमासीको त सीमै नाघेको देखिन्छ । दुई सय रोपनी जग्गा दर्ता भएको उनीहरू भन्छन् । लालपुर्जा माग्दा आठ रोपनीको दिन्छन् । एउटाको मात्रै होइन, सबैको स्थिति उस्तै छ । प्रतिवेदन बोकेर अब हामी उद्योग, वनलगायतका मन्त्रालय जान्छौँ । प्रकृतिको दोहन गर्न दिने कि रोक्ने भनेर हामी उनीहरूलाई भन्नेछौँ ।

समाचार लेखेर ठीक गर्नुभएन
ठाकुर गौतम, सञ्चालक, काठमाडौं रोडा तथा ढुंगाखानी

तपाईंहरूले बाघवीरका स्थानीयको समाचार छाप्नुभएछ । उनीहरूको सम्बन्धमा जे सुकै गर्नुहोस् । तर, हाम्रो समाचार तपाईंहरुले बनाउन पाउनुहुन्न । यसअघि समाचार बनाउनुभएछ । यसमा हाम्रो आपत्ति छ । हामीलाई फोन नगर्नुस् । अहिले गरिहाल्नुभयो, आइन्दा नगर्नुस् । गर्नुभयो भने ठीक हुँदैन ।

हामीले उद्योग दर्ता गरेका छौँ । क्रसर मात्रै हो दर्ता नभएको । यसको पीडा हामीसँगै छ । खानी चलेको डाँडा हामीले किनेका हौँ । हामीसँग लालपुर्जा छ । यसमा जे गरौँ, त्यो हाम्रो मर्जी हो । जहाँसम्म भुजेलगाउँको कुरो छ । त्यसलाई हामीले चलाएका छैनौँ । हाम्रो जग्गामा मात्रै खनेका हौँ । आफ्नो जग्गामा पनि खन्न नपाउने रु तपाईंहरुले समाचार बनाएर हामीलाई टर्चर भयो । आइन्दा यस्तो नगर्नुहोला ।

डायमन्डबाट जबर्जस्ती हस्ताक्षर
अवैध रूपमा बाघवीर डाँडामै चलेको अर्को क्रसर उद्योग डायमन्ड रोडा तथा ढुंगाखानीले डाँडा खरिदका लागि सरजमिन गराउन स्थानीयको जबर्जस्ती हस्ताक्षर संकलन गरेको खुलेको छ । डायमन्डका कर्मचारी सोमबार गाउँमै पुगेर फसकुमार साही, जानुका साही र रवि साहीको हस्ताक्षर लिएका छन् । क्रसर तथा खानी उद्योगको सेयर दिने प्रलोभन दिएर डायमन्डका कर्मचारीले उनीहरूको हस्ताक्षर गराएका हुन् । डायमन्डले बाघवीरको तीन सय रोपनीभन्दा धेरै डाँडा खरिद गरिसकेको छ । सोही डाँडाको फेदमा उसले केही वर्षदेखि क्रसर तथा खानी उद्योग सञ्चालन गर्दैै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies