Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विदेशमा बसेर गाउँ चम्काउँदै लोकप्रसाद

काठमाडौ ।  विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको कमी छैन । स्नातकोत्तर गरेका थुप्रै युवा सामान्य कामका लागि पनि विदेशिएका छन् । नेपाल विपे्रषणले नै धानेको देश भनेर चर्चा पनि हुन्छ तर विदेशमा बसेर आफ्नो देशको विकासमा अहोरात्र खटिनेको पनि समाजमा कमी छैन । विदेशमा बसेर नेपालको गाउँठाउँको विकासमा लाग्ने गैरआवासीय नेपाली प्रशस्तै छन् । यस्तै एउटा उदाहरणीय व्यक्ति हुन् धादिङ बुढाथुमका लोकप्रसाद दाहाल । गैरआवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष दाहाल आफ्नो गाउँ धादिङको गङ्गाजमुना गाउँपालिका–७ बुढाथुम र बसेरी आसपासका गाउँको विकासमा निरन्तर लागेका छन् । गाउँको विकासका लागि भूकम्पपछि रु एक करोड ५० लाखभन्दा बढी रकम भित्र्याएका उनले विदेशमा आफ्नै परियोजनाबाट कमाएको रकमसमेत लगानी गरेका छन् । बेल्जियमका विभिन्न सङ्घसंस्था गुहारेर सङ्कलित रकमले गाउँको मुहारमा चमक भर्न उनी लागेका छन् । गाउँको स्वास्थ्य, शिक्षा, खानेपानीलगायत क्षेत्रमा व्यक्तिगत रुपमा रु ३३ लाखभन्दा बढी खर्च भइसकेको विवरण अध्यक्ष दाहाल दिन्छन् । उनले स्थानीय महालक्ष्मी मावि, कन्या स्कूल, लापुडाँडा र सोती खानेपानी आयोजना, बसेरीमा मन्दिर निर्माणमा पनि सहयोग गरेका छन् । बेल्जियममा होटल व्यवसाय गर्दै आएका उहाँले विसं २०७२ को भूकम्पपीडितका लागि तत्कालै व्यवसायबाट आएको एक दिनको कमाइ रु १३ लाख उपलब्ध गराएर जन्मथलोमा सामाजिक काम थालेका हुन् । त्यसपछि ठाउँठाउँमा भूकम्पपीडितका लागि खाद्यान्न, लत्ताकपडा, खानेपानी, विद्यालयमा लाखौँ रूपैयाँ बराबरको भौतिक सहयोग गर्दै आएका उनको यो क्रम अहिले पनि जारी छ । गाउँको बद्रिविशाल माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि हालैमात्र रु २० हजार यूरो (करीब रु २६ लाख )रकम विद्यालयलाई हस्तान्तण गरेका छन् । सो विद्यालयमा यसअघि रु ४५ लाख खर्च भइसकेको छ । उक्त विद्यालयको भवन निर्माणका लागि लाग्ने रु ७२ लाखमध्ये यो अन्तिम किस्ता भएको बताएका अध्यक्ष दाहाल निकट भविश्यमै जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन रु तीन लाखको कोष स्थापना गर्ने घोषणासमेत गरेका छन् । “मेरो गाउँ बनाउने अभियान जारी रहन्छ”, स्थानीयवासीलाई आश्वासन दिँदै उनले भने । दाहालमार्फत उक्त गाउँको विभिन्न सामाजिक क्षेत्रमा मात्रै रु एक करोड ६१ लाख खर्च भइसकेको छ । स्कूलको भवन निर्माणमा बेल्जियमको सामाजिक क्षेत्रमा लागेका चिकित्सकको संस्था ‘फ्रम पिपुल टु पिपुल’ले पनि सहयोग गरेको र उक्त रकमबाट अहिले आठ कोठे भवन निर्माण भइरहेको छ । स्थानीयवासी तथा पर्यटन व्यवसायी सरोज न्यौपाने भूकम्पपछि रोइरहेका स्थानीयवासीको घाउमा लोकप्रसादले मलम लगाएकाले उनको त्यो योगदानको जति प्रशंसा गरे पनि नपुग्ने बताउछन् । विद्यालय निर्माणका लागि दाहालले खर्चको जोहो गरेपछि स्थानीयवासी अहिले क्याम्पस सञ्चालनका लागि हौसिएका छन् । आवश्यक खर्च लोकप्रसादबाट आउने आशा रहेको बताउँदै क्याम्पस व्यवस्थापन तदर्थ समितिका संयोजक कृष्णबहादुर दाहाल उनी९लोकप्रसाद०हरेक अभावलाई पूर्ति गर्ने गाउँकै धरोहर भएको बताउछन् । उक्त माविका प्रधानाध्यापक चूडामणि अधिकारी पनि लोकप्रसादको योगदानलाई भुल्नुहुन्न । विद्यालय भूकम्पले क्षतविक्षत भएको बेला बेल्जियमबाट प्राप्त रकम जोहो गरी विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा गरेको योगदान अविस्मरणीय रहेको उनी बताउछन् ।अहिले भवनका चार कोठा निर्माण भइसकेको र दोस्रो तलाको काम थालिएको छ । भवन निर्माण समितिका संयोजक भीमबहादुर अधिकारी पारदर्शीरुपमा काम भएको भन्दै विदेशबाट आएको पैसा एक पनि तलमाथि गर्न नदिइएको जिकिर गछर्न । विद्यालयमा कक्षा १ देखि १२ सम्म पढ्ने ४२५ विद्यार्थी छन् । बेल्जियममा बसेर लोकप्रसादले गाउँमा गरेको योगदान प्रशंसनीय रहेको भन्दै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले अझै गाउँको विकासमा लाग्न आग्रह गरे । बुढाथुम गाउँपालिकाको केन्द्र बनाउने पूर्वाधार रहेपनि विगतमा आफूहरुको प्रयास सफल हुन नसकेको उनको गुनासो छ । “हामीले हाम्रो पछाडिका पुस्तालाई आधुनिकतासँग प्रतिष्पर्धी बनाउन सक्ने बनाउनुपर्छ, यसका लागि मुख्य कडी शिक्षा नै हो, शिक्षामा सबैको लगानी जरुरी भएकाले मेरातर्फबाट सहयोग रोकिन्न”, सांसद लोहनी भन्छन् । हरेकले यसैगरी आफू जन्मेको ठाउँलाई माथि उठाउने प्रयास गर्ने हो भने गाउँको मुहार फेरिने उनको विश्वास छ । क्याम्पस बनाउने कुरामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । “पाँच वर्षभित्रमा बुढाथुममा पिचबाटो पुग्छ, ढुक्क हुनुहोस्, तपाईहरुको पनि पहल हुनुपर्छ, हामी बाहिर बस्नेले के गर्नुपर्छ गर्न तयार छौँ”, स्थानीयवासीलार्इं सांसद लोहनी सुझाव दिन्छन्। रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies