Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नियमावलीका विषयमा छलफल

बुटवल । नगरपालिका कार्यपालिका (कार्यविभाजन नियमावली) २०७४ का विषयमा काठमाडौँ विश्वविद्यालय र विभिन्न नगरपालिकाले छलफल गरेका छन् । नगरपालिका कार्यपालिका (कार्यविभाजन नियमावली) २०७४ को जिम्मेवारी र उत्तरदायित्व, अधिकार प्रत्यायोजन, बाधा अडकाउ फुकाउ, थपघट, हेरफेर, संशोधन र कार्यपालिकामा रहने विषयगत शाखाका विषयमा जनप्रतिनिधिले छलफल गरेका हुन् । उनीहरूले नगरपालिकामा सेवाग्राहीलाई छिटोे छरितो सेवा प्रवाह गर्ने संयन्त्रको विकास हुन लागेको जानकारी दिँदै सबै नयाँ अभ्यासमा भएको बताए । सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुलाराम घर्तीले प्रदेश सरकार नयाँ अभ्यासमा भएको उल्लेख गर्दै यसले नयाँ कानून तर्जुमा गर्छ भने । काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल का डिन डा विपीन अधिकारीले प्रदेश सरकारले न्यायाधिवक्ता नियुक्त गरे पनि कामको विषयमा अस्पष्टता रहेको बताउँदै प्रदेश सरकारले ल्याएको ऐन प्रारम्भिक ढाँचा भएको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले एकात्मक प्रणालीमा अभ्यस्त कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन आवश्यक भएकोमा जोड दिए । सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले प्रदेश सरकार र सङ्घीय सरकारले ऐन र कार्यविधि नबनाउँदा स्थानीय तहमा काम गर्न समस्या देखिएको बताए । उक्त अवसरमा सिदार्थनगर नगरपालिका, तिलित्तोमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिको पनि छलफलमा सहभागिता रहेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies