Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘बढी भार र तीव्र गतिले दुर्घटना’

बागलुङ। बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । “टिपरले ३२ जना मजदूरसहित बालुवा पनि बोकेको पाइएको छ”, प्रनाउ खड्काले भने, “ओभरलोड र तीव्र गतिले दुर्घटनाग्रस्त भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ ।” टिपर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो । एकातिर कच्ची सडक र अर्कातिर कम उमेरका चालकमा हुने अनुभवको कमीले पनि दुर्घटना निम्तिएको हुन सक्ने बताइएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पर्ने बेनी–कोरला सडक खण्डको निर्माणमा खटिएका रोल्पा, दाङ, कैलालीलगायत जिल्लाका मजदूरले दुर्घटनामा ज्यान गुमाएका छन् । सबैभन्दा बढी रोल्पाका नौ मजदूरको उक्त दुर्घटनामा ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्षभित्रका छन् । सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्सट्रक्सनमार्फत मजदूर कामका लागि मुस्ताङ पुगेका थिए । जाडो याम सकिएपछि मजदूरहरु गत फागुनपछि मुस्ताङ पुगेको जनाइएको छ । दुर्घटनामा घाइते १२ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबैको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार पोखरा पु¥याई परिवारलाई जिम्मा लगाइएको छ । रोल्पा र दाङका शव सेनाको हेलिकप्टरबाटै लगिएको थियो । बा २ क २२१९ नं को टिपर अपराह्न सडकदेखि झण्डै ४० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका घाइतेलाई नेपाली सेना र निजी कम्पनीको हेलिकप्टरबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किमीको दूरीमा भएको हुँदा तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पु¥याउन कठिनाइ उत्पन्न भएको थियो । पाँच गम्भीर घाइतेको उपचारका लागि पोखरा पठाउने तयारी हुँदाहुँदै दुर्घटनास्थलमै मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies