Khabar Dabali Logo
  February 25, Tue

म्याग्दीको गुर्जामा पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण गरिएको छ । गुर्जा, चुरेन र पुठा हिमालले घेरिएको गुर्जामा भ्रमणको लागि जाने पर्यटकको सुविधाको लागि पदमार्ग निर्माण गरिएको हो ।

पैदलयात्रामार्फत लुलाङ हुँदै गुर्जा जाने बाटो अन्तर्गत देउरालीदेखि लत्रबाङसम्म पदमार्ग निर्माण कार्य सम्पन्न भएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

पदमार्ग निर्माणका लागि धौलागिरि गाउँपालिका कार्यालयले विनियोजन गरेको रु ११ लाख बजेटमा स्थानीयवासीले श्रमदान समेत गरि पदमार्ग बनाएका हुन् । जंगलमै अस्थायी रुपमा बास बसेर गुर्जाका ५० जना भन्दा बढीलाई परिचालन गरी उक्त पदमार्ग निर्माण गरिएका वडा अध्यक्ष छन्त्यालले जानकारी दिए ।

देउरालीदेखि–फेदीसम्मको ओरालो बाटोमा साँघुरो र पहिरोको कारण पर्यटक र सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई हुने गरेको थियो । सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दुरीमा रहेको गुर्जा पुग्न लुलाङदेखि एक दिनभर जंगल र अग्ला पहाडको यात्रा गर्नुपर्छ । यो वर्ष करिब एक किलोमिटर बढी बाटोमा ढुंगाको सिँढी राखेर पदमार्ग बनाइएको पदमार्ग निर्माण समितिका अध्यक्ष गोर्खा छन्त्यालले बताए ।

जंगलभित्र फराकिलो सिँढी चिनेर पदमार्ग निर्माण भएपछि सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तर्फ आवतजावत गर्न सहज भएको छ भने भ्रमणको लागि पर्यटकको लागि समेत सहजता मिलेको छ । स्थानीयवासीले जंगलभित्र थप एक किलोमिटर बाटोलाई चौंडा बनाउने काम गरेपनि बजेट अभावले सिँढी चिनेर पदमार्ग बनाउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष छन्त्यालको भनाइ छ ।

बाटो अप्ठ्यारो हुँदा पर्यटक समेत हिँड्न नसक्ने समस्या रहेको कारण बाँकी ठाउँमा समेत पदमार्ग निर्माणको लागि गाउँपालिकामा थप बजेटको माग गरिएको गुर्जाका स्थानीयवासी प्रेमप्रसाद छन्त्यालले जानकारी दिए। ‘‘ हामी कत्ति पनि बजेटलाई दुरुपयोग नगरिकन काम गछौँ, जिल्लाकै सबैभन्दा टाढाको रुपमा रहेकाले पनि गुर्जालाई विशेष खालका कार्यक्रममार्फत विकासले जोड्नुपर्छ,’’– उनले भने।

ढोरपाटन शिकार आरक्ष क्षेत्रले समेत समेटिएको गुर्जादेखि–रुघाचौर सम्मको पदमार्ग समेत यसैवर्ष निर्माण गरिएको छ । गाउँपालिका कार्यालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट ढोरपाटन तर्फ जाने उक्त बाटोमा अप्ठ्यारो ठाउँमा फराकिलो बनाउने, ढुंगा चिनेर सिँढी निर्माण गर्ने काम गरिएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिए ।

यस पदमार्गमा जंगल र भिरको बाटोमा करिब पाँच किलोमिटर पदमार्गलाई फराकिलो बनाउने र मर्मत गर्ने काम गरिएको छ । हिमाल र डाँडाकाँडाले घेरिएको लुकेको गाउँको रुपमा चिनिने गुर्जालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पदमार्ग निर्माण, होमस्टे सञ्चालनसँगै प्रचारप्रसार र कला संस्कृति संरक्षणको काम समेत भइरहेको छ ।

जेठ १९ गते, २०७५ - १४:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा संविधान संशोधनको पहल : खासमा के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला...   

विषय नपाएपछि कोट र टोपी मिलेन भन्दै विषय बनाएर हिँडेका छन् : ओली

पोखरा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास...   

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं...   

फर्केर हेर्नुहोस् –नेकपाको ७० वर्षे इतिहास !

नेपाली कम्युनिष्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत...   
यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी)...   
माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको...   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने –कहाँ पुग्यो तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला...   

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top