Khabar Dabali Logo
  October 20, Tue

अाज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिन्छु: देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले बिहीबार राजीनामा दिने भएका हुन् ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- कानुनतः निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।

देउवाले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार अन्तिम मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । ‘प्रधानमन्त्रीज्यूले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाउनुभएको छ, त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्नुुहुनेछ,’ परियारले भने ।

बुधबार नै मन्त्रिपरिषद्को बैठक बस्ने र प्रधानमन्त्रीले राजीनामा दिने तयारी भए पनि बिहीबारका लागि सारिएको उनले बताए । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्न ढिलाइ गरेका कारण बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको हो ।

आयोगले निर्वाचन परिणाम बुझायो
आयोगले १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । आयोगले बुधबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहका बीच निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो ।

अब सरकार गठन प्रक्रिया अघि बढ्छ : राष्ट्रपति
निर्वाचन परिणाम प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बताएकी छिन् । उनले निर्वाचन परिणाम प्राप्त भइसकेकाले सरकार गठन प्रक्रिया सुरु हुने बताएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

फागुन ३ गते, २०७४ - ०७:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top