Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अन्तत: यसरी मिल्यो कुरो, ओली-प्रचण्ड आलोपालो नेतृत्व

[caption id=\"attachment_172125\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ । दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ । एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । अाजको अन्नपूर्णमा खबर छ-पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ । आलोपालो नेतृत्व सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको केपी ओली पुष्पकमल दाहाल प्रचण्डबीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो । यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्डनिकट एक नेताले भने, ‘आइतवारको बैठक सकारात्मक रह्यो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । यसलाई औपचारिकता दिन बुधवार एकता संयोजन समितिको बैठक डाकिएको छ ।’ दुवैजना अध्यक्ष ! दुवै अध्यक्षको छलफलपछि दाहाल ललितपुरको मानभवनमै नेताहरु जनार्दन शर्मा र रामबहादुर थापासँग छुट्टै छलफलमा जुटेका थिए । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् । मंगलवार ओली र दाहालबीच फेरि एक चरण ‘वान टु वान’ छलफल हुने भएको छ । सोमबार भएको सहमति अनुसार पार्टीमा दुई ‘कोर्चियर’ रहने छन् । पहिलो साढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् । यसरी मिल्यो कुरो दुवै पाटी एकताका लागि पदीय भागवन्डा पेचिलो विषय बन्दै आएको थियो । पटक-पटक दुई अध्यक्षबीचको भेटघाट पनि एक महिना यता ठोस निष्कर्षमा पुग्न सकेको थिएन । पदीय बाडँफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले विभिन्न विकल्पमा छलफल भएको नेताहरुले बताएका बताउँदै आएका थिए । दुवै नेता अध्यक्ष बन्नेसम्मका विकल्पमा पनि छलफल भएको छ । त्यस्तै आलोपालो नेतृत्वको विषयमा कुरा भएपनि त्यसमा दुवै सहमति नजिक पुग्न सकेका थिएनन् । एमालेले अध्यक्ष पद नछाड्ने अडान राख्दै आएको थियो । माओवादीले पनि अध्यक्ष नपाएसम्म पार्टी एकतामा नजाने अडान राखेको थियो । एमालेका उपाध्यक्ष वामदेव गौतमले केही दिन अघि मात्रै दुई अध्यक्षबीच भएको भेटमा २०४७ सामा मार्क्सवादी र मालेबीच एकता हुँदा ल्याएको प्रस्ताव अगाडि सारेका थिए । जसअनुसार एक अध्यक्ष र शक्तिशाली महासचिव पद रहने प्रस्ताव अगाडि सारिएको थियो । एमालेले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र पदीय बाँडफाँटमा पनि छलफल सकारात्मक रहेको जानकारी दिए । ‘सरकार गठन र पार्टी एकता एक साथ अगाडि बढाउने र पदीय बाँडफाँटका विषयमा पनि छलफल निष्कर्षमा पुगिसको छ । अब बस्ने एकता संयोजन समितिको बैठकले त्यसलाई मूर्तरुप प्रदान गर्ने छ’. उनले अन्नपूर्णसँग भने । ओली-दाहालबीच सोमबारको छलफल सकारात्मक भएको र बुधबार एकता संयोजन समितिको बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले अन्नपूर्णलाई बताइन् । उनले भनिन् ‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’ दुई वाम मिलेर नेपाल कम्युनिष्ट पार्टी सहमति अनुसार पार्टीको नाम \'नेपाल कम्युनिष्ट पार्टी\' रहने छ । अरु नेताको पदीय व्यवस्थापनका लागि पदीय बाँडफाँट समिति गठन हुने भएको छ । एकता संयोजन समितिले नै त्यस्तो समितिको गठन गर्नेछ । पार्टी एकताको घोषणा पनि भव्य बनाउने सहमति पनि दुई अध्यक्षबीच भएको छ । घोषणाको दिन ५ लाख कार्यकर्ता सहभागी गराउने तयारी पनि दुई दलले गरेका छन् । भएको थियो भद्र सहमति निर्वाचनअघि असोज १७ एमाले र माओवादीबीच चुनावी तालमेल गर्दा नै दुई दलबीच एकता गर्ने सहमति पनि भएको थियो । निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने सहमति हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न दुवै अध्यक्ष सोमबार राजी देखिएका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा र राष्ट्रियसभामा समेत चुनावी तामेल गरेका कारण प्रतिनिधिसभा र राष्ट्रियसभामा वाम गठबधनको बहुमत छ । ६ वटा प्रदेशमा मुख्य मन्त्री समेत दुई दलले भागवन्डा गरिसकेका छन् । जसअनुसार प्रदेश १, ३, ४, ५ एमालेबाट मुख्य मन्त्री बन्दैछन् भने प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको नेतृत्व गर्दैछ । निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको थियो । पदीय वाडफाँटका विषयमा एकता लम्विएपनि बारम्बार गोप्य भेटभाट गर्दै आएका दुवै अध्यक्षले चाहिँ त्यसलाई अस्वीकार गदै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies