Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अर्थमन्त्री कार्कीले एमाले नेतालार्इ झम्टेपछि प्रधानमन्त्रीले भने-निर्णय प्रक्रियामा त्रुटि भएकै हो

\"\"काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई दिँदै आएको सहयोगमा थप एक लाख दिने निर्णय गर्दा प्रक्रिया नमिलेको स्वीकारेका छन् । ‘भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिने निर्णय गर्दा त्रुटि भएकै हो’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति बैठकमा शुक्रबार उनले भने, ‘यो निर्णय आफ्नै अध्यक्षतामा गठन भएको निर्देशक समिति हुँदै मन्त्रिपरिषद्बाट अनुमोदन हुनुपथ्र्यो।’ बैठकमा देउवाले अब यस्तो त्रुटि नहुने बताएका थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ-मन्त्रिपरिषद्को गत १० गतेको बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको थियो। समिति बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुसालले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिनेलगायतको प्रगतिविवरण प्रस्तुत गरेपछि समिति उपाध्यक्ष भीमबहादुर रावलले आपत्ति जनाएका थिए। एमाले उपाध्यक्ष रावलले लामो समयसम्म बैठक नबोलाएकोमा असन्तुष्टि जनाउँदै तत्कालीन कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई हटाउने, डा. गोविन्द पोखरेललाई ल्याउने, केही सयममै उनलाई चुनावमा सहभागी गराउने र भुसाल ल्याउने प्रक्रियामै यत्रो समय खर्चंदा पीडितले राहत पाउन नसकेको बताए। ‘भूकम्पपीडित र बाढीपीडितले समयमै राहत नपाएको विषयमा जिम्मेवार को हुने ? तत्काल प्रधानमन्त्री वा कार्यकारी प्रमुखले चित्तबुझ्दो जवाफ दिनुपर्छ’, उनले भने। पीडितलाई तीन लाख राहत स्वरुप प्रदान गर्दै आएकोमा पुनः एक लाख थप गर्दा ऐन, नियम, कानुनअनुसार हुनुपर्ने कि नपर्ने भन्दै आफूले कानुनी आवाज उठाएको उनले बताए। ‘निर्देशक समिति उपाध्यक्ष एमालेलाई यस्तो गम्भीर निर्णयमा जानकारी दिनुपर्ने कि नपर्ने ? ’ रावलले बैठकमा प्रधानमन्त्री देउवा र कार्यकारी अधिकृत भुसालसँग जवाफ माग गरेका थिए। सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप आफूले लगाउँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विवाद गरेको उनले जानकारी दिए। कार्कीले भूकम्पपीडितलाई थप एक लाख दिने निर्णय जायज भएको दाबी गरेका थिए। अर्थमन्त्रीको स्वेच्छाचारी धारणाको प्रतिवाद गर्दै रावलले भने, ‘तपाईं ढिलो आउनुभयो। मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु। सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन।’ त्यति भनिसक्दानसक्दै कार्की उठेर पाखुरा सुर्कंदै आफू भएको ठाउँमा आएको रावलले जानकारी दिए। ‘मैले पुनः प्रतिवाद गर्दै तपाईंहरू स्वेच्छाचारी मात्र होइन, निरंकुश पनि हुनु हँुदोरहेछ भनेँ,’ बैठकमा भनेको कुरा रावलले सुनाए, ‘कार्कीजी नियम, कानुनको पालना गर्नुपर्दैन भन्दै उफ्रिएपछि प्रधानमन्त्रीले मनसाय गलत नभएको तर निर्णय प्रक्रियामा त्रुटि भएको स्वीकार्नुभयो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies