Khabar Dabali Logo
  October 22, Thu

प्रधानन्यायाधीश पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

माले । केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ ।

सर्वोच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

मङ्गलबार बिहानको यो नाटकीय परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जनाइएको छ । गएको बिहीबारदेखि सुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको बताइएको छ ।

मङ्गलबार बिहान प्राप्त समाचारअनुसार मालदिभ्स्का प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई उहाँको निवासबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको समाचारमा जनाइएको छ ।

आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वोच्च अदालतको आदेशको पालना नगर्न निर्देशन जारी गरेको थियो । सो निर्देशनबमोजिम सोमबार दिउँसैदेखि यहाँको प्रहरी सक्रिय भएको थियो ।

मालदिभ्सको सर्वोच्च अदालतले गएको बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दिएको थियो ।

उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर यहाँको सरकार उनीहरुलाई रिहागर्ने पक्षमा नरहेकोले यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो ।

सोमबारै मध्यराति राष्ट्रपति अब्दुल्लाह यामिनले यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई पनि पक्राउ गर्न आदेश दिए ।

सोही आदेशबमोजिम नै पूर्व राष्ट्रपति गैयुमलाई मध्यरातमा उनको निवासबाट पक्राउ गरेर राजधानी माले पु¥याएको समाचारमा जनाइएको छ । उनी हाल प्रहरी हिरासतमा छन्।

उनीले मालदिभ्स्मा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गर्नुभएको थियो । सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा उनी पराजित भएका छन् ।

‘मैले पक्राउ गर्नुपर्ने त्यस्तो कुनै काम गरेको छैन, तर सरकारले पक्राउ गरेर थुनामा राखेको देख्दा मलाई अचम्म लागेको छ’, उनले आफ्ना समर्थकहरुलाई दिनुभएको भिडियो सन्देशमा भनेका छन् ।

पक्राउ पर्नुभएका पूर्व राष्ट्रपति गैयुम वर्तमान राष्ट्रपति यामिनका सौतेला दाजु हुनुहुन्छ । उनी मालदिभ्स्मा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति हुन ।

अदालतको आदेश नमानेको भनेर यहाँको सर्वोच्च अदालतले सरकारको कदमको आलोचना गर्दै आएको थियो । उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उनलाई पक्राउ गर्नुपर्ने आदेश दिनसक्ने अनुमान पनि सोमबार गरिएको थियो ।

त्यसैले त्यस अगावै सरकारले सोमबारै अपरान्हतिर संकटकालको घोषणा गरेको थियो । संकटकाल लगाएपछि सरकारले सेना र प्रहरीलाई अदालतको कुनै आदेश नसुन्न र आफ्नो निर्देशनमा कामगर्न सबै सुरक्षा अंगलाई आदेश दिएको छ ।

उता पूर्व राष्ट्रपति मोहम्मद नसिदका कार्यकर्ताहरुले उनलाई रिहा गर्नुपर्ने मागगर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् ।

कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । यहाँ बिहानैदेखि प्रदर्शनहरु हुने गरेका छन् ।

नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित भएका हुन् । तर उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा प्रहरी ‘कू’ मार्फत हटाइएको थियो ।

मङ्गलबार बिहान प्रधानन्यायाधीशलाई पक्राउ गर्नु अगावै सर्वोच्च अदातलमा प्रहरीले घेरा हालेको थियो । अहिले पनि अदालत बाहिर प्रहरीको निकै बाक्लो उपस्थिति रहेको बताइएको छ ।

संसदमा अझै पनि राष्ट्रपति यामिनलाई महाभियोग लगाउन मिल्नेगरी दुई तिहाई बहुमत विपक्षी दलहरुको रहेको छ । त्यसैले पनि राष्ट्रपतिले विपक्षी नेताहरुलाई पक्राउ गर्ने आदेश दिएको हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

तर पनि यहाँका सुरक्षा अंगहरुलाई राष्ट्रपति यामिनलाई पक्राउ गर्ने या महाभियोग लगाउने कुनै प्रयासहरु भएमा त्यसमा संलग्नहरुलाई पक्राउ गर्न नै सरकारले आदेश दिएको छ । रासस

माघ २३ गते, २०७४ - १२:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top