Khabar Dabali Logo
  October 21, Wed

अध्यक्षको अड्को थापेर एकताबाट भाग्दै एमाले

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रसँगको एकताबाट पछि हटने स्पष्ट संकेत दिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकरा गठन र पार्टी एकता सँगसँगै टुंग्याउने बताउँदै आएपनि एमालेले भने सरकार गठनलाई पहिलो प्राथमिकता राखेको छ ।

बिहिबार एकता संयोजन समितिको बैठकमा नेकपा एमालेका नेताहरुले तत्काल सरकार गठनमा ध्यान दिनुपर्ने बताएका थिए । बैठकमा सहभागी एमालेका एक शीर्ष नेताका अनुसार, बैठकमा अध्यक्ष ओलीले “वहाँहरुले जबज नमान्ने, हामीले जबज छोड्न नसक्ने, यत्तिकै हतारोमा एकता गरेर समस्या पर्ने’ आशयको ब्रिफिङ गरेका थिए ।

माओवादी नेताहरुले भने एमालेको जबज र माओवादीको कार्यदिशामाथि बहस चलाएर समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्नुपर्ने तर्क राखेका थिए ।

तर बैठकमा तत्कालका लागि सरकार गठन, प्रदेशमा मुख्यमन्त्री चयनलगायतका विषय टुंग्याउने कुरामा एमाले नेताहरुले बढी चासो दिएपछि एकताको बारेमा खासै कुरा हुन सकेन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंकक भ्रमणमा गएपछि भारतीय नेतृत्वसँगको सम्बन्ध बाक्लो हुने क्रमसँग एकताको राप सेलाउने त हैन भनेर दुबै पार्टीभित्र आशंका व्याप्त रहेको छ ।

एमालेभित्र केपी ओली समूहले तत्कालका लागि सरकार गठन मात्रै प्राथमिकतामा राख्ने रणनीति लिएपनि जिल्लादेखि केन्द्रका अन्य नेताहरु भने पार्टी एकता गरेरै जानुपर्ने धारणा राखिरहेका छन् । माधव नेपालदेखि वामदेव गौतमसम्मले नयाँ कार्यदिशाको बहस चलाइ तत्काल पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् ।

एमाले निकट श्रोतका अनुसार, खनाल, नेपाल र गौतमले एकताका बारेमा माओवादीले जस्तै धारणा राखेपनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा भागबण्डको बार्गेनिङ गर्नुपर्ने भएकोले उनीहरुले यसमा स्प्ष्ट अडान भने लिन सकेका छैनन् । जसले गर्दा एकता गर्नैपर्ने ठोस दबाब एमालेभित्र सिर्जना हुन सकेको छैन ।

माओवादी नेताहरु भने एमालेले अध्यक्ष पदको अनावश्यक बखेडा झिेकेको बताइरहेका छन् ।

यसअघि असोज महिनामा दुबै शीर्ष नेताहरु कार्यकारी भूमिकामा रहने र पार्टीको नयाँ कार्यदिशा निर्माण गरेर अघि बढ्ने विषयमा सहमति भएको थियो । नेकपा एमाले अध्यक्ष केपी ओलीले यही विषयमा सार्वजनिकरुपमा नै आफ्नो धारणा समेत राखेका थिए । ओलीले दुबै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष भइसकेकोले यी कुराले एकतामा बाधा नपुग्ने बताएका थिए ।

तर, बैंककबाट फर्केपछि भने एमाले अध्यक्ष ओलीले अध्यक्ष पद र जबज कुनै पनि हालतमा छोडन नसकिने अडको थापेपछि एकतामा ढिलाई हुन स्पष्ट संकेत देखिएको हो ।

माघ १९ गते, २०७४ - १०:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top