Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फरार नवराज सिलवालसँगको अन्तर्वार्ताः अस्ती मात्रै हाकिमसँगै बसेर खाना खाएँ, म कसरी भाँगे ?

\"\"काठमाडौं ।  प्रहरीको फरार सूचीमा रहेका पूर्व डीआइजी एवं ललितपुर १ मा नेकपा एमालेबाट विजयी सांसद नवराज सिलवालले आफु काठमाडौंमै रहेको संकेत दिएका छन् । काठमाडौं प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्यसम्पादन गरेको अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका हुन् । अाजको नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा सिलवालले माघ ९ गते एक जना पूर्वप्रहरी अधिकारीसँगै बसेर खाना खाएको दावी समेत गरेका छन् । प्रहरीले भने उनी विदेश रहेको भन्दै डिफ्यूजन नोटिश जारी गरेको छ । तपाईं साँच्चै फरार हो ?  जनताबाट चुनिएको म जनतासँगै छु । सरकार र प्रहरीका केही मानिसले एउटा झूटलाई हजारचोटि भन्दा त्यो सत्य हुन्छ भन्ने गोयबल्स शैलीमा ‘नवराज सिलवाल अपराधी हो’ भन्दै दुष्प्रचार गरिरहेका छन् । राज्य संगठित र प्रायोजित रूपमा मविरुद्ध प्रतिशोध साँध्ने हिसाबले प्रस्तुत भएको छ । कस्तो प्रतिशोध ?  राजनीतिक प्रतिशोध देखिन्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्रमार्फत मलाई अदालतको मुद्दा फिर्ता लिएमा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने प्रस्ताव पठाएका थिए । मैले पद प्राप्तिका लागि नभई अन्यायका विरुद्धमा लडेकाले मुद्दा फिर्ता नलिने, बरू एउटा टुंगोमा पुर्‍याउने सन्देश पठाएँ । यही विषयलाई लिएर तत्कालीन प्रधानन्यायाधीशमाथि महाभियोग लाग्यो । यसका सूत्रधार देउवा नै थिए । त्यसपछि यो प्रकरणका विभिन्न रूप देखिए । म प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा आएँ । त्यस प्रकरणसँग जोडिएका सबै कुरा चुनावी एजेन्डा बने र नेपाली कांग्रेसको पक्षमा लज्जास्पद नतिजा आयो । यसको कारण मेरै प्रकरणलाई ठानियो र देउवाले ममाथि राजनीतिक प्रतिशोधको डन्डा चलाइरहेका छन् । तपाईंमाथि लागेको आरोपबारे राज्यले अनुसन्धान नै गर्न नपाउने हो र ?  म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व गरेको मानिस । अनुसन्धानको थालनी तथ्यका आधारमा हुनुपर्छ । तर, यहाँ त तथ्य एकातिर छ, अनुसन्धान अर्कैतिर । जहाँबाट सुरु गर्नुपर्ने हो त्यहाँबाट नगरी एकैचोटि अन्तिममा रहेको ममाथि अनुसन्धान केन्द्रित छ । निष्पक्ष ढंगले अनुसन्धान गर्ने हो भने त कार्य सम्पादन मूल्यांकन राख्ने अधिकारीदेखि अनुसन्धान सुरु गर्नुपर्छ । कसरी मिडियामा त्यो गोप्य कागजात गयो ? यसमा छानबिन हुनुपर्छ । अनि पो मेरो पालो आउँछ । त्यो गोप्य कागजात त तपाईंले नै बुझाउनुभएको होइन, अदालतमा ?  मैले त मिडियामार्फत जे सार्वजनिक भएको छ, त्यही प्रिन्ट गरेर बुझाएको भनेर बारम्बार भनिसकेको छु । तपाईंले बुझाएको फोटोकपीमै किर्ते भएको विधिविज्ञान प्रयोगशालाको परीक्षणबाटै पुष्टि भएको छ नि ?  ८ चैतमा सर्वोच्च अदालतको पूर्ण इजलासको परमादेशमा ‘चार वर्षको कार्य सम्पादन मूल्यांकन कुल औसत अंक सबैभन्दा बढी नवराज सिलवालले, दोस्रोमा प्रकाश अर्यालले, तेस्रोमा बमबहादुर भण्डारीले र चौथोमा जयबहादुर चन्दले प्राप्त गरेको तथ्य सरकारको सम्बद्ध निकायबाट विवादको सुनुवाइका क्रममा उपलब्ध गराइएको कार्य सम्पादन मूल्यांकन फारामको सक्कल प्रतिहरूबाट देखिन आयो’ भनिएको छ । तर, पछि सरकारले अर्कैलाई एक नम्बर भनेर आईजीपी बनायो । सर्वोच्चले एक नम्बर भनेर किटान गर्दागर्दै सरकारले मलाई महानिरीक्षक नबनाएपछि न्यायालयको आदेश कार्यान्वयन गरी पाउँm भनेर फेरि अदालत गएको हुँ । यसबाट दुई खालको कार्य सम्पादन मूल्यांकन सरकारले नै बनाएको देखिएन र ? संसारमा कहीँ पनि कार्य सम्पादन मूल्यांकन सार्वजनिक हुँदैन । यसको गोप्यता र सुरक्षाको काम जसको हो, उसैले यसको जिम्मेवारी लिनुपर्छ । छानबिनको विषय नै यही हो । तर, यसमा संलग्नहरूलाई बचाउने र मलाई जसरी पनि अपराधी करार गर्ने दुर्नियत सरकारको छ । प्रहरी शक्तिको चरम दुरुपयोग हो, यो ।
अदालतले पनि छानबिन अघि बढाउन भनेको होइन ? मलाई सर्वोच्च अदालतले दोषी भनेको छैन । कार्य सम्पादन मूल्यांकन दुई खालको देखिएकाले यसबारे छानबिन गरी दोषीलाई कारबाही गर्नु भनेको हो । यति संवेदनशील कागजात कसरी बाहिरियो, कसले नक्कली बनायो, छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने त मेरो पनि माग हो । छानबिनको दायरामा पहिले नै आउनुपर्नेचाहिँ नआउने अनि अन्तिमतिरको मचाहिँ सुरुमै कठघरामा उभिनुपर्ने ? तपाईंलाई फेला पारेर प्रहरीले बयान लिन नसक्नुले प्रहरीको अनुसन्धान पद्धति त साह्रै फितलो रहेछ भनेर बुझ्दा हुन्छ ?  यो प्रकरणमा ९९ प्रतिशत प्रहरी मेरो पक्षमा छन् । उनीहरू ‘प्रहरी नेतृत्वले सरलाई अन्याय–अत्याचार गरेको छ, तपार्इंलाई हामी सुरक्षा दिन्छौँ’ भन्छन् । म प्रहरीसँगै छु । प्रहरीले नै मलाई संगठनभित्र भएका मेरा विरुद्धका षड्यन्त्रकारी सूचना दिइरहेका छन् । प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अवस्था पो रहेछ उसो भए ?  प्रहरीका बहुसंख्यकको मप्रति भरोसा छ । अदालतले नै आदेश दिएकाले छानबिन गर्न तपाईंले कसरी सहयोग गर्नुहुन्छ त ?  अहिलेको जस्तो अनुसन्धान स्वीकार्दिनँ । निष्पक्ष निकायले छानबिन गर्नुपर्छ । यो प्रकरणमा संलग्न मेरो विपक्षीचाहिँ शक्ति केन्द्रको ओतमा बसेर मालिकको सेवक बनेर निर्दोष हुन खोज्ने ? मुख्यसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री देउवालाई खुसी पार्न एकै दिनमा पटक–पटक प्रहरी अधिकारीलाई फोन गरेर ‘सिलवाललाई समात्नुपर्‍यो’ भन्दै दबाब दिइरहेका छन् । यस्तो दबाबपूर्ण अनुसन्धानको तटस्थता रहँदैन । स्वतन्त्र अनुसन्धानलाई म सहयोग गर्छु । फेरि पनि अनुसन्धान गर्ने निकाय त प्रहरी नै हो नि, होइन ?  प्रहरी नेतृत्व नै मेरो विपक्षी भएकाले उसले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय हुँदैन । कसले गर्ने त ?  अलग खालको निकायले गर्नुपर्छ । एकपक्षीय अनुसन्धान गरेर हुँदैन । विपक्षी संलग्न भएको निकायले गर्ने अनुसन्धानमा बयान दिन्न, बयान/अनुसन्धान रोकिपाउँm भनेर अदालत जाने बाटो त थियो नि तपाईंसँग ?  यो अदालत जानुपर्ने विषय नै होइन । सही अनुसन्धान हुनुपर्छ । आईजीपी बन्नुभएको भए अवकाशपछि राजनीतिमा आउनु हुन्थ्यो ?  अवकाशपछि विश्वविद्यालयहरूमा पढाउने योजना थियो । किताब लेख्छु, पढ्छु भन्ने सोच थियो । तर, परिस्थितिले राजनीतिमा हुत्यायो । आफ्नो क्षमता नयाँ प्लेटफर्ममा उपयोग गर्छु र मुलुकलाई योगदान गर्न सक्छु भन्ने मलाई विश्वास छ । राजनीतिक दलको छहारीचाहिँ सबैलाई चाहिने रहेछ, होइन ?  बर्दीमा रहुन्जेल म कुनै पार्टीको विचार, आस्थामा रहेर काम गरिनँ । राजनीतिक हस्तक्षेपको जहिल्यै विरोध गरेँ/गर्छु । आज बहुसंख्यक प्रहरी मेरो पक्षमा उभिनुको कारण पनि मेरो व्यावसायिक निष्ठा र नैतिकता नै हो । तर, सबै कुराले सक्षम हुँदाहुँदै पनि देउवाले मलाई प्रहरी नेतृत्वमा पुग्नबाट रोके । प्रचण्डले एक नम्बरलाई नबनाउँदा पापै लाग्छ भन्दा देउवाले सरकार नै छोड्ने धम्की दिए । देउवाको अन्यायपूर्ण प्रहारविरुद्ध म एक्लै लडिरहेको अवस्थामा विपक्षी दलका नेता केपी शर्मा ओलीले सदनमै मेरो न्यायको पक्षमा बोल्नुभयो । त्यसले मलाई तत्काल ठूलो राहत मिल्यो र कालान्तरमा पार्टीमै गएँ । आईजीपी नियुक्ति प्रकरणदेखि सांसद चुनिदासम्मको उतारचढावलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?  यो प्रकरणले नेपालको राजनीति, न्याय प्रणाली, प्रहरी प्रशासनको अवस्थिति सर्लक्क देखाइदियो । मुलुकले भविष्यमा सुधार गर्नुपर्ने पाटो देखाएको छ । शपथ कसरी लिनुहुन्छ त अब ?  लिइहाल्छु । जनता, प्रहरीकै माझमा छु । मेरो प्रतिरोध भनेको यो अनुसन्धानको नियतप्रति मात्र हो । अनि, किन लुक्नुभएको त ?  कसरी लुकेँ ? हिजो (९ माघ) मात्रै पूर्वप्रहरी अधिकृतसँगै बसेर खाना खाएँ । यति प्रहरी पठाएँ, उति पठाएँ भनेर नाटक मञ्चन गर्नेले मलाई देख्नै सक्दैन । अलि सहज भएपछि सबैले देख्ने गरी आउनुहुन्छ, त्यसो भए ?  सहजभन्दा पनि निष्पक्ष अनुसन्धान भएमा कुन प्रश्नको कहाँ गएर उत्तर दिनुपर्ने हो दिन तयार छु । अनुसन्धानको दायरामा भएका १५ जनामध्येको एक हुँ । पहिले ती सबैको अनुसन्धान गरियोस् अनि म जवाफ दिन्छु । अनुसन्धानको चेन र सिद्धान्त मिल्नुपर्‍यो । भनेपछि आफू अनुकूलको अनुसन्धान हुने भए सहयोग गर्नुहुन्छ ?  आफू अनुकूलको अनुसन्धान भनेकै छैन । निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत अनुसन्धान हुनुपर्‍यो, अहिले नै तयार छु । बहुला कुकुर टोक्नका लागि आइरहेका छन् भने म निर्दोष भनेर उभिने कि बच्ने ? बच्नैपर्‍यो । भोलि तपाईंको पार्टी पनि सत्तामा आउँछ, फेरि प्रतिशोधको अर्को चक्र सुरु हुने होला होइन ?  मलाई हिजो देउवा र उनका सिन्डीकेटवालाले दु:ख दिएकाले अझ फराकिलो क्षितिजयुक्त प्लेटफर्म पाएँ । जनताको माया पाएँ । उनीहरूको यो योगदान त धन्यवादको हकदार छ । हिजोबाट पाठ सिकेर अगाडि जाने हो । प्रतिशोधको निकृष्ट सोचबाट माथि उठेको मानिस हुँ म ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies