Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लालपुर्जाविहीन भूकम्पपीडित घर बनाउँदै

[caption id=\"attachment_167273\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेमा जमिनमा स्वामित्व नभएका भूकम्पपीडितले अनुदान पाएपछि घर बनाउन थालेका छन् । अनुदानबाट वञ्चित कोशीपारिको उक्त गाउँपालिकाका लालपुर्जाविहीन भूकम्पपीडितलाई झण्डै दुई वर्षपछि आवास पुनःनिर्माण अनुदान उपलब्ध गराइएको हो ।

भुम्लु गापा वडा नं ७ का ३६५ र वडा नं ८ का ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि लालपुर्जा नभएको बताइएको छ । ती वडामा १५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनियरले दिएको निस्साको आधारमा गत कात्तिकमा सरकारले उनीहरुलाई आवास पुनःनिर्माण अनुदान उपलब्ध गराएको थियो । यसअघि लालपुर्जाविहीन भूकम्पपीडितले जमिनमा स्वामित्व नभएको भन्दै अनुदान सम्झौता गर्न पाएका थिएनन् ।

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई ध्यानमा राखेर गत भदौमा आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करिब एक हजार लालपुर्जाविहीन पीडितले पुनःनिर्माण अनुदान लिएर घर बनाउन पाएका छन् । हाल वडा नं ७ मा ११ तथा वडा नं ८ मा १५ घर बनिसकेका छन् । गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको जानकारी दिए । उनका अनुसार ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी भइरहेको बताउनुभयो । भूमि अधिकार मञ्च नेपाल, काभ्रेपलाञ्चोकको पहलमा उनीहरुले घर बनाउन पाएका हुन् । जोखिमपूर्ण अवस्थाकी गोमा शिवभक्तिले जोखिमपूर्ण बस्तीका लागि सरकारले छुट्याएको थप रु दुई लाख राहत उपलब्ध गराउन आग्रह गरे । उनले भने “हामी लालपुर्जाको समस्यामा थियाँै, अब बस्ती जोखिममा रहेकाले सरकारकै राहत कुरेर बसेका छौँ ।” भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले भूमिमाथिको अधिकार नैसर्गिक भएकाले नयाँ कार्यविधि निर्माण गरेर भए पनि पीडितलाई पुनःनिर्माण अनुदान उपलब्ध गराउन सफल भएको बताए । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा खेतीयोग्य जमिनबारे विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका थिए । पुनःनिर्माण प्राधिकरण धुलिखेलका प्रमुख धु्रव गैडाले जिल्लाका ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपाङ्ग, ६० वर्षभन्दा माथिका एकल महिला र परिवार नभएका १५ वर्षमुनिका बेसहारा बालबालिकाको प्राधिकरणले नै घर बनाइदिन लागेको जानकारी दिए । उनले भने “हाम्रो प्रस्तावलाई पुनःनिर्माण प्राधिकरणले स्वीकृत गरेको छ । अब निर्माण प्रक्रिया शुरु गर्न तथ्याङ्क संकलनको काम गर्दैछौँ ।” पुनःनिर्माण प्राधिकरण, धुलिखेल उपक्षेत्रीय कार्यालयकाअनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म करिब २५ हजार निजी आवास निर्माण भइसेकेका छन् ।  रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies