Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

बिना-कुलमान भेटः बैठकबाटै फोन गरेर दिए यस्तो निर्देशन

\"\"काठमाडाैं । नेकपा माअोवादी केन्द्री नेतृ तथा सांसद सांसद बिना मगरद्वारा कञ्चनपुर जिल्लाको विद्युत समस्याबारे नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलार्इ माग पत्र प्रस्तुत गरेकि छिन् । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रका जनताले भोग्नु परेको विद्युत सेवाको समस्या हल गर्न सांसद मगर नेतृत्वको टोलीले महानिर्देशक घिसिङको कार्यकक्षमा पुगेर बिभिन्न ६ बुँदे मागपत्र पेश गरेको हो । ज्ञापन पत्रमा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा विद्युत सेवाको बिस्तार भएपनि गुणस्तरीय सेवा प्रवाह हुन नसक्दा स्थानीय जनताले समस्या भोग्नु परेको समस्या हल गर्न अनुरोध गरिएको छ । जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेल्डाँडी गाउँपालिकामासब स्टेशनको अभाव, ट्रान्सफर्मर जडान हुन नसक्न, अनियमित विद्युत आपूर्ति तथा न्यून भोल्टेजको समस्याले गर्दा घरायसी, कृषि प्रयोजन तथा उद्योगहरुमा गुणस्तरीइ विद्युत सेवा उपयोग गर्न नसकिएको भन्दै ज्ञापन पत्रमा कृषि, काष्ठ, डिष्टिलरी, स्वास्थ्यलगायतका सेवा र उद्योगहरु सञ्चालनमा कठिनाई देखिएले भोल्टेज लगायतका समस्या हल गर्न माग गरिएको छ । यसैगरी मागपत्रमा चारवटै स्थानीय तहका ४० हजार बढी घरधुरीले विद्युत महसुल सेवा बेलौरीमा रहेको एउटा मात्रै काउण्टरबाट बुझाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै चारवटै स्थानीय तहमा महसुल काउण्टर स्थापना गर्न माग गरिएको छ । “महसुल काउण्टर पायक पर्ने स्थानमा नहुँदा वर्षायाम खोला र नदीहरुमा आउने बाढीको त्रास झेलेर ज्यान जोखिममा राखेर महसुल बुझाउनुपर्ने अवस्था रहेको छ ।” मागपत्रमा भनिएको छ । मागपत्रमाथि छलफलपछि महानिर्देशक कुलमान घिसिङले बैठकस्थलबाटै प्रदेश नम्बर ७ को क्षेत्रीय निर्देशनालय अतरियाका प्रमुख तारा शर्मालाई फोन गरी तत्काल समस्या समाधानका लागि निर्देशन दिए । चारवटै स्थानीय तहमा काउण्टर स्थापना गर्न पहल गर्ने, तत्कालका बेल्डाँडी, पुनर्वास र लालझाडीमा घुम्ती महसुल काउण्टर सञ्चालन गर्ने, भोल्टेजको समस्या हल गर्न आवश्यकता अनुसार तत्काल नै ट्रान्सफर्मर जडान गर्ने, दीर्घकालिनरुपमा चारवटै स्थनीय तहलाई पायक पर्ने स्थानमा सब स्टेशन स्थापनाका लागि प्रस्ताव तयार गर्ने, उक्त क्षेत्रका सबै लाइनलाई थ्री फेजमा अपग्रेड गर्ने काम अगाडि बढाउन महानिर्देशक घिसिङले निर्देशन दिए । सब स्टेशनलगायतका सबै कामहरु यसै चैत मसान्तभित्र नै पुरा गर्न उनले निर्देशन दिए । \"\" प्रस्तुत गरिएका मागहरु
  • हाल बेलौरी बजारमा मात्र रहेको विद्युत महसुल काउण्टरलाई बिस्तार गरी अन्य तीनवटा स्थानीय तह (बेल्डाँडी, पुनर्वास र लालझाडी) मा समेत बिस्तार गरियोस् ।
  • विद्युत भोल्टेजको समस्या हल गर्न पुनर्वासमा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा सब स्टेशन तत्काल निर्माण गरियोस् । साथै विद्युतको खपत बढी हुने स्थानहरु तथा स्वास्थ्य, शिक्षालगायतका अत्यावश्यक सेवा क्षेत्र नजिक ट्रान्सफर्मर जडान गरी भोल्टेज र नियमितताको समस्या हल गरियोस् ।
  • यस क्षेत्रमा बिभिन्न कृषिजन्य उपकरण समेत सञ्चालन गर्न तथा अन्य उद्योगहरुलाई आवश्यकता परे अनुसार हालको प्रसारणलाई चार फेजको लाइनमा अपग्रेड गरियोस् ।
  • कञ्चनपुर–बेलौरी मार्ग र हुलाकी राजमार्ग निर्माण कार्य चलिरहेकोले उक्त सडक खण्डमा पर्ने विद्युत पोलहरु सुरक्षितरुपमा स्थानान्तरण गरियोस् ।
  • कृषि प्रयोजनका लागि खपत हुने विद्युतको महसुलमा सब्सिडी तथा अनुदान÷छूटको नीतिगत व्यवस्था गरियोस् ।
  • विद्युत महसुल तिर्न नसक्ने गरिब, सुकुम्बासी जनताका लागि निशुल्क विद्युत उपयोग गर्न पाउने गरी नीतिगत व्यवस्था लागि समेत पहल गरियोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies