Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यस्तो छ ६ नं प्रदेशका प्रदेशसभा सदस्यको शपथको तयारी

\"\"सुर्खेत । प्रदेशसभाका सदस्यलाई आइतबार शपथ खुवाउने तयारी गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश ६ का प्रदेशसभा सदस्यलाई जिल्ला समन्वय समितिको हलमा शपथ खुवाउने तयारी गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले भोलि आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् । निर्वाचन आयोगले बुझाएको निर्वाचन मतपरिणामसहितको प्रतिवेदन पाएपछि खनालले प्रदेशसभा सदस्यलाई शपथ खुवाउने भएका हुन् । आयोगले राष्ट्रपति भवनमा शपथ गरेलगत्तै प्रदेश प्रमुखहरुलाई प्रदेशसभाको निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेको थियो । शपथग्रहण समारोहमा सुर्खेतस्थित उच्च सरकारी अधिकारीलाई पनि निम्ता गरिएको छ । पत्रकार, कार्यालय प्रमुख, लब्धप्रतिष्ठित व्यक्तित्वलाई आमन्त्रण गरिएको क्षेत्रीय प्रशासनका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले जनाए । प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन तालीम केन्द्रमा व्यवस्थापन गरि“दैछ । “तत्कालका लागि प्रदेश प्रमुखलाई वन तालीम केन्द्रकै भवन प्रयोग गर्न दिने सहमति भएको छ”, केन्द्र प्रमुख मुन रावतले भने । प्रदेश प्रमुखको आवासका लागि क्षेत्रीय वन निर्देशनालयको भवन प्रयोग गरिनेछ । क्षेत्रीय प्रशासनका शाखा अधिकृत उपाध्यायले प्रदेशसभाको शपथग्रहण अगावै प्रदेश प्रमुखको पदवहालीको कार्यक्रम तय भएको बताए । “सलामी ग्रहणलगत्तै प्रदेश प्रमुखज्यूबाट पदवहाली गर्ने कार्यक्रम छ” उनले भने, “त्यसपछि जिल्ला समन्वय समितिको हलमा प्रदेशसभाको शपथग्रहण हुनेछ ।” प्रशासनले ६ नं प्रदेशका ४० जना सदस्यलाई शपथग्रहणका लागि खबर गरिसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies