Khabar Dabali Logo
  October 23, Fri

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज उद्घाटन गरेकी छिन् ।

मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने सो महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारबाट विशेष साङ्गीतिक प्रस्तुति दिनेछन् । महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री राजनकुमार केसीले खेलकूदको माध्यमबाट स्वस्थ्य नागरिक उत्पादनका साथै अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सीमित स्रोत साधनका बाबजुद पनि सरकारले खेलकूद क्षेत्रको विकासलाई विशेष चासो दिएको उल्लेख गर्दै उनले नेपालमा आयोजना हुने आगामी दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रचुर सम्भावना भए पनि खेलकूद क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउँदै प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरी कला संस्कृतिको संवद्र्धन र खेलकूद क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । खेलाडी राष्ट्रलाई उचाइमा पु¥याउने इमान्दार सिपाही हुन् भन्दै उनले खेलाडीबाट राजनीतिक नेतृत्वले अनुशासन सिक्नुपर्ने बताए।

नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले राष्ट्र र नागरिकलाई एकीकृत गराउन खेलकूद क्षेत्रको अहम् भूमिका हुनुपर्नेमा जोड दिए ।

मदन भण्डारी स्पोर्ट क्लबका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवका बारेमा जानकारी गराउँदै खेलकूदको माध्यमबाट अनुशासित र समुन्नत समाज निर्माणमा योगदान पुगोस् भन्ने हेतुले महोत्सव आयोजना गरिएको बताए।

महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’का रुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता हुनेछ भने ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ ।

माघ ५ गते, २०७४ - १६:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top