Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निजी अस्पताल र नर्सिङ होमले नर्सको चरम आर्थिक शोषण गरेकाे भन्दै चर्कियाे अान्दाेलन

\"\"काठमाडौं।  सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक (विभेद) हुने गरेको छ । अस्पताल एवं नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि नर्सहरूको विदेश जाने लस्कर बढेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका स्टाफ नर्सको मासिक तलब ४० हजार छ । तर सोही तहमा निजी अस्पतालमा कार्यरतको मासिक तलब ६ हजारको हाराहारीमा रहेको नर्सहरू बताउँछन् । ‘निजी अस्पतालमा जसलाई जति मन लाग्यो त्यति दिने प्रचलन छ । कतिपय नर्सलाई तीन हजारसम्म दिने गरेको सुनेकी छु ।’ ब्याचलर अफ नर्सिङ साइन्स तेस्रो वर्षकी छात्रा विमला धमलाले बताइन । निजी तहमा खोलिएका होम केयर, अस्पताल एवं नर्सिङ होमहरूमा नर्सको चरम आर्थिक शोषण हुने गरेको छ । नेपालमा झन्डै ७४ हजार नर्सहरू छन् । नर्सहरूलाई आकर्षक तलब भत्ता दिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पछिल्लो चार महिनामा २९ जना नर्सहरूले राजीनामा दिएको प्रशासन स्रोतले जनाएको छ । ०७४ भदौदेखि हालसम्म मंसिरसम्म २६ जना नर्सहरूले राजीनामा दिएका छन् । अस्पतालले करारमा पदपूर्ति गर्न नपाउँदै अन्य तीन नर्सले राजीनामा दिएका छन् । राजीनामा दिएकी एक नर्स भन्छिन्, ‘सरकारी होस् वा निजी कतै पनि वृत्ति विकास र उत्प्रेरणाको व्यवस्था छैन । लाखौं तिरेर पढियो अब विदेश नै उपयुक्त विकल्प भयो ।’ भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट नर्र्स निष्कासन गरिएपछि आन्दोलनमा उत्रिएका नर्सहरूले अस्पतालहरूमा मंगलबार बिहानी सिफ्टमा काम बन्द गरेका छन् । नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरू ७ दिनदेखि आन्दोलनरत छन् । उनीहरूले मंगलबार अस्पतालमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ड्युटी छाडेर नर्स निष्कासनको विरोध गरेका छन् । उनीहरूले निष्कासित नर्सहरूलाई बिनासर्त अविलम्ब पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् । उनीहरूले अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना गर्नुपर्ने, गुणस्तरीय नर्सिङ सेवाका लागि नर्स र बिरामीको अनुपात यथाशीघ्र लागू गर्नुपर्नेलगायत ११ बुँदे माग अघि सारेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies