Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

देउवामाथि खनिए पाैडेल, दुवै समिति भंग गर्न चेतावनी

\"\"काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार पुगेका पौडेलले सभापतिमाथि विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाउँदै यी दुवै समिति भंग गरी नयाँ बनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा छलफल गर्न पौडेल, कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार डाकेका थिए । त्यस क्रममा पौडेलले केन्द्रीय कार्यसमिति बैठक नबोलाइएको प्रति आक्रोशसमेत पोखे । देउवाप्रतिको असन्तुष्टिबारे पौडेलले विधानभन्दा बाहिर गएर बनाइएका समितिलाई सच्याउन र केन्द्रीय कार्यसमितिको बैठक तत्काल राख्न आफूले आग्रह गरेको बताए । ‘पार्टीलाई विधानसम्मत ढंगले अघि बढाउनुपर्छ र विधानविपरीतका काम सच्याउनुपर्छ भन्ने नै मेरो जोड हो,’ पौडेलले भने, ‘केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानको व्यवस्थाभन्दा बढी सदस्य राखेर बनाइएका छन् ।’ पौडेलले यस्तो आग्रह गर्दा केहीछिन देउवा झोक्किएको बैठकमा सहभागी एक नेताले बताए । ‘तपार्इंले यसलाई पनि राखिदे, अर्कोलाई पनि राखिदे भन्ने अनि मलाई विधानविपरीत भयो भनेर आरोप लगाउने ?’ भन्दै देउवा झोक्किएका थिए । केन्द्रीय कार्यसमितिपछिको अधिकारसम्पन्न कार्यसम्पादन समितिमा बढीमा २२ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था पार्टी विधानमा छ । त्यसमा पदाधिकारी पदेन सदस्य रहन्छन् । अहिले पदाधिकारी ३ जना छन् । यसरी मनोनीत र पदाधिकारी गरी २५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बन्नुपर्ने हो । तर, देउवाले २९ सदस्यीय बनाएका छन् । संसदीय समितिमा पनि देउवाले विधान मिचेका छन् । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने शक्तिशाली निकाय हो संसदीय समिति । यो समितिमा पदाधिकारी र संसदीय दलका नेता पदेन सदस्य हुन्छन् । त्यसबाहेक ८ सदस्य मात्रै मनोनीत गर्न पाइन्छ । देउवा आफैं संसदीय दलका नेता भएकाले ३ पदाधिकारीसहित ११ सदस्यीय संसदीय समिति बनाउनुपर्ने हो । तर, देउवाले विधानविपरीत १७ सदस्यीय संसदीय समिति बनाए । निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टीकै युवा नेताहरूले तत्काल केन्द्रीय कार्यसमिति बैठक, महासमिति हुँदै विशेष अधिवेशन बोलाउन माग गर्दै आएका छन् । तर, देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि आनाकानी गर्दै आएका छन् । उनी निकट रहेर भागबन्डाको फाइदा लिँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र खुमबहादुर खडका पक्ष पनि यतिबेला देउवाप्रति असन्तुष्ट छन् । देउवाको निर्णय प्रक्रिया संस्थागत नभएकोदेखि कार्यशैलीमा ढिलासुस्ती र आन्तरिक शक्ति सन्तुलनमा ख्याल नगरेको आरोप उनीहरूको छ । धेरैजसोको गुनासो पार्टीमा संस्थागत छलफलभन्दा ‘कोटरी’ अभ्यास गरेको भन्ने छ । १३ औं महाधिवेशनबाट सभापति चुनिएका देउवाले पार्टी नेतृत्वमा एक वर्ष दस महिना बिताए । तर, अहिलेसम्म उनले विभागसम्म गठन गर्न सकेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्रीसमेत मनोनयन गर्न सकेका छैनन् । १३ औं महाधिवेशनपछि नै प्रवक्ताविहीन रहेको पार्टीमा देउवाले एक साताअघि मात्रै युवा नेता विश्वप्रकाश शर्मालाई त्यस ठाउँमा ल्याएका छन् । तर, अन्य पदाधिकारी, विभाग र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन उनले अझै सकेका छैनन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies