Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोदारी राजमार्ग पुनःनिर्माण हुँदै

\"\"काठमाडौं । सरकारले बाढी पहिरो र भूकम्पको चपेटामा परेको कोदारी राजमार्गको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेको छ ।तातोपानीसँग सम्पर्क विच्छेद भएकाले सरकारले लार्चा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर राजमार्गको मर्मत सम्भार तथा पुनःनिर्माणको काम थालेको हो ।

सडक विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार आगामी सात दिनभित्र लार्चा पुल पुनःनिर्माण हुनेछ । सरकारले तत्कालका लागि बेलिब्रिज राखेर उक्त पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

निरन्तरको वर्षासँगै आएको बाढीले भोटेकोशी गाउँपालिका–३ मा रहेको लार्चा पुल गत साउन ८ गते बगाएको थियो । करिब ७० मिटर लामो उक्त पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीचभाग भाँचिएपछि आवागमनमा समस्या भएको थियो । सडकमाथिबाट आएको पहिरोले पुलको बीचभागमा भाँचिएको थियो । तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएसँगै तातोपानीसँगको सडक सम्बन्ध टुटेको थियो । स्थानीय प्रशासनले फड्के र तुइनमार्फत आवतजावतको व्यवस्था मिलाए पनि स्थानीयवासीको दैनिक जीवन कष्टकर बनिरहेको छ । महानिर्देशक सिग्दलले कोदारी राजमार्ग पुनःनिर्माणमा चिनियाँ कम्पनीले चासो व्यक्त गर्दै विभागमा आशयपत्र पेश गरेको जानकारी दिए । विभाग आफैँले पुल निर्माण गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरेको उनको भनाइ छ । उक्त राजमार्ग ‘डेडिकेटेड डबल लेन’ बनाउने योजना छ । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको ‘गोरखा भूकम्प’, २०७३ सालको भोटेकोशीको बाढी र २०७४ सालको पहिरोका कारण कोदारी राजमार्गका ६० भन्दा बढी स्थानको सडक क्षतिग्रस्त भएको छ । तातोपानी क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । गोरखा भूकम्पलगत्तै चिनियाँ सहयोगमा राजमार्ग मर्मत गरिए पनि त्यसपछिका वर्षामा आएको पहिरोका कारण राजमार्ग खण्डहर जस्तै बनेको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । सडक विभाग र गाउँपालिकाको पहलमा राजमार्ग मर्मत सम्भारको तयारी गरिएको छ । लार्चामा बेलिब्रिज जडान भएपछि अरु काम अगाडि बढ्ने उनको भनाइ छ । स्थानीयवासी साङदोर्जे शेर्पाले फुल्पिङकट्टी र तातोपानी जोड्ने लार्चा पुल बगाएका कारण उत्तरी सिन्धुपाल्चोकवासी समस्यामा परेका र सम्बद्ध पक्षले पुनःनिर्माणमा ध्यान नदिएको गुनासो गरे । भोटेकोशी गाउँपालिका–४ का आङछिरिङ शेर्पाले तत्काल राजमार्ग पुनःनिर्माणमा पहल गर्नुपर्नेमा जोड दिँदै भने ‘सधैँ बन्ने क्रममा छ । तयारीमा छाँै भन्ने कुराले अर्थ राख्दैन । हामी तत्काल राजमार्ग पुनःनिर्माण होस् भन्ने चाहन्छौँ ।” विसं २०३८ मा पनि बाढीले तातोपानीस्थित मितेरी पुल बगाएको थियो । चिनियाँ सरकारको सहयोगमा करिब दुई वर्षपछि सो पुल पुनःनिर्माण भएको थियो । राजनीतिक खिचातानीका कारण पुल निर्माणमा ध्यान नदिएको भन्दै स्थानीय सरोकार भएका व्यक्तिले आपत्ति प्रकट गर्दै आएका छन् । भूकम्पले क्षतिग्रस्त उक्त राजमार्ग पुनःनिर्माणमा सोचेजति प्रगति नभएको र सरकारी निकायले चासो नदिएको भन्दै नेपाल हिमालय सीमापार वाणिज्य संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष विष्णु खत्रीले व्यवसायीले करोडौँ लगानी गरेको ट्रक तथा कन्टेनर पनि राजमार्गमा फसेको र व्यवसाय दुरुहपूर्ण अवस्थामा पुगेको बताए । स्थलमार्गबाट आयात हुने चिनियाँ सामान आयात गर्न समुद्रीमार्ग प्रयोग गर्दा लागत र समय बढेको उहाँको भनाइ छ । गोरखा भूकम्पले क्षति पु¥याएको चीनतर्फको सडक पुनःनिर्माण थालिएको भए पनि नेपालतर्फ सुस्त गतिमा काम भइरहेको गुनासो गर्छन नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटा । “राजमार्ग पुनःनिर्माण हुन्छ र तातोपानी नाका खुल्छ भन्ने सुन्दै आएको करिब तीन वर्ष हुन लाग्यो, बल्ल काम हुन्छ भन्ने खबर आएको छ । काम शुरु नभई खुशी भइहाल्ने अवस्था छैन”, उनले भने । तातोपानी नाकामा नेपालतर्फ भन्सार, अध्यागमन, सीमा सुरक्षालगायत सबै सरकारी निकाय र कार्यालय राखिए पनि चीनतर्फ कुनै सरकारी अधिकारीको उपस्थिति छैन । सीमित सुरक्षाकर्मीले सीमाको सुरक्षा गरिरहेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ राजमार्ग विस्तार र सरकारी संयन्त्रको पुनःस्थापनाका लागि पहल भइरहेको बताउँछन् । छिट्टै तातोपानी नाका खुल्नेमा आशावादी देखिनुभएका तामाङ र उहाँका चिनियाँ समकक्षीबीच गत पुस ८ गते तिब्बतको ल्हासामा द्विपक्षीय भेटवार्ता तथा छलफलसमेत भएको थियो । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद अग्निप्रसाद सापकोटा कोदारी राजमार्गको मर्मत सम्भारको काम शुरु भइसकेको बताउँछन् । तातोपानी नाका खुलाउने पहल भइरहेको जानकारी दिँदै उनले भने “उच्च कूटनीतिक पहल भइरहेको छ । आशा गरौँ निकट भविष्यमा नै नाका खुल्छ । त्यसभन्दा पहिले हामीले राजमार्गलाई व्यवस्थित बनाउनतर्फ लाग्नुपर्छ ।” तातोपानी नाका सामान्य नाका नभई रणनीतिक महत्वको नाका भएकाले चीनले उठाएका केही विशिष्ट मागलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies