Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एकीकृत पार्टीको कार्यदिशा प्रचण्ड र अाेलीले तय गर्ने

\"\"काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन्। बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिए । आजको अन्नपूर्णमा खबर छ-कार्यदल गठनपूर्व दुई अध्यक्षबीच वैचारिक कार्यदिशामा सहमति गर्ने निष्कर्षमा नेताहरू पुगेको पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए। ‘गृहकार्य अलिक पुगेन, थप छलफल गर्न हामीले अर्काे बैठकसम्मका लागि समय लिएका हौं। पार्टी एकतामा कुनै विवाद र विमति छैन, वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल हुन्छ र त्यसपछि मात्रै कार्यदल गठन हुन्छ’, उनले भने । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ओली-दाहालबीच फेरि छलफल भएपछि मात्र कार्यदल गठन हुने बताए। ‘दुई अध्यक्षबीच छलफल गरी वैचारिक र राजनीतिक विषयमा सहमति गर्ने कोसिस हुन्छ, त्यसपछि मात्रै अभिलेखन गर्न र थप सल्लाह-सुझाव लिन कार्यदल गठन गर्ने निष्कर्षमा हामी पुगेका छौं’, उनले भने, ‘त्यसपछि कार्यदलले तयार पार्ने दस्तावेज एकता संयोजन समितिबाट अनुमोदन गरिनेछ ।’ संयोजन समितिका अर्का सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार वैचारिक र संगठनात्मक मोडालिटी तय गर्न गठन गरिने कार्यदलको अवधारणा बैठकले टुंगो लगाएको छ । ‘कार्यदलले के-कसरी काम गर्ने अवधारणा तयार भएको छ’, उनले भने, ‘केही गृहकार्य नपुगेकाले कार्यदल गठन भएन। अब बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गर्ने तथा संगठनात्मक संरचना र सिद्धान्तबारे निर्णय लिनेछ ।’ अध्यक्ष ओली बुधबार स्वास्थ्योपचारका लागि बैंकक जाँदैछन्। उनको अनुपस्थितिमा कार्यदल गठनको गृहकार्य हुनेछ। उनी माघ १ गते काठमाडौं फर्केलगत्तै दुई अध्यक्षबीच छलफल हुने र संयोजन समितिको बैठक बस्ने नेता खनालले बताए। १७ असोजमा एमाले-माओवादीले पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गर्दै एकता संयोजन समिति गठन गरेका थिए। समितिको पहिलो बैठक कात्तिक १५ यता बस्न सकेको थिएन । समितिको बैठक बस्न नसक्दा विभिन्न आशंका उत्पन्न भएका थिए। तर मंगलबारको बैठकपछि त्यस्ता आंशका चिरिएको समितिका अर्का सदस्य तथा एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि सञ्चारकर्मीहरूसँग भने। ‘कुनै विवाद र प्रश्न छैन, एकतामा हामी ढृढ छौं’, उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies