Khabar Dabali Logo
  October 21, Wed

जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा

  • पुस २१ गते, २०७४ - १२:२४
फाइल फाेटाे

चितवन । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ ।

मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै नेपाल आइसकेका डा बराल बताउनुहुन्छ । साइबेरियाबाट ठूलो संख्यामा चरा नेपाल आएका छन् ।

यसरी बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजातिमात्रै २२ भन्दा बढीका हुन्छन् ।

बसाइँ सरेर आउने १५० मध्ये जलक्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिँडारीले खोया हाँस सगरमाथा नाघेर आइसकेको बताउनुभयो । चखेवा पनि जाडो छल्न नेपाल भित्रिएको उहाँको भनाइ छ ।

मुख्यगरी असोजबाटै चरा बसाइँ सरेर आउन शुरु गरेकामा अहिलेसम्म अधिकांश चरा बसाइँ सरेर जाडो छल्न नेपाल आइसकेको बिँडारी बताउँछन् ।

नेपालको कपिलवस्तु जिल्लामा पर्ने जगदीशपुर तालमा सबैभन्दा बढी चरा पाइन्छन् । गतको वर्षको गणनामा त्यहाँ २० हजार चरा भेटिएको थियो ।

यसवर्षमा पनि जलपक्षीको गणनाको तयारी गरिएको डा बराल बताउछन् । चराको अवस्था पत्ता लगाई संरक्षणको रणनीति बनाउन चरा गणना हुन लागेको उनको भनाइ छ ।

पछिल्ला समयमा जलपक्षीमा उतारचढाव आइरहेको भन्दै वासस्थान विनाश, आहारा प्रजातिमा विभिन्न समस्यालगायतका कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ ।

चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको अवस्थाका बारेमा अध्यावधि गर्न वर्षेनी पानीचराको गणना हुने गरेको र यो वर्ष पनि गणना गर्ने तयारीमा रहेको बताउछन् । रासस

पुस २१ गते, २०७४ - १२:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top