Khabar Dabali Logo
  October 29, Thu

‘लुटेराहरुको सत्ता खतरामा,’ दलालहरुकाे निद हराम हुदैछ : विप्लव

काठमाडाै । नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले नेपालमा सत्ता जनताको हातमा नआएसम्म जनताकाे मुक्ति नहुने वताएका छन् । उनले विभिन्न स‌चारमाध्यममा अभिव्यक्ति दिदै यस्ताे बताएका हुन ।

‘जनताको व्यवस्था र सत्ता बनेको छैन, यो पुँजीवादी सत्ता हो, त्यो पनि दलाल पुँजीवादी सत्ता हो । जसलाई फाल्न नेपालमा बारम्बार विद्रोह र क्रान्ति हुने गरेका छन् । जनयुद्धले यसको अन्त्य नजिक पु¥याएको पक्कै हो तर पुराना र नयाँ दलालहरु मिलेर यो संभावनाको घाँटी निमुठेका छन् ‘ उनले भने ।

एमाले—माके गठबन्धनलाई जनताको विजय भनेर चिच्याएको पनि देखिन्छ भन्दै उनले नेपाली जनतालाई पुनः दलाल पुँजीवादी सत्ताकै पैतलामुनी पु¥याएकाे अाराेप लगाए । सत्ता जनताको हातमा नआएसम्म पुरानो सत्ताभित्र कांग्रेस, एमाले, माके जो गए पनि ती दलाल पुँजीवादी सत्ता कै कारिन्दा भएकाे विप्लवले दावी गरे ।

‘उनीहरु दलाल सत्ताको जुवा र हलोमा जोतिनु र चुटाइ खानुबाहेक कुनै विकल्प छैन । तसर्थ, पहाडीले जसरी लुटतन्त्रलाई लोकतन्त्रको पगरी गुथाएर क्रान्तिकारी जनता र योद्धाहरुविरुद्ध रोष पोखेका छन् , त्यो न लोकतन्त्रको सन्देश हो नत मानवाधिकार कै चिन्ता हो । त्यो त लुटेराहरुको सत्ता खतरामा परेपछि दलालहरुमा पैदा भएको आतङ्कको चित्कार मात्र हो ।’ विप्लवले भने

लुटतन्त्रको रक्षार्थ दलाल दल, नेता र पहाडी जस्ता ‘मानवाधिकारवादी’हरुले जति चित्कार छोडे पनि जनताको सत्ता वैज्ञानिक समाजवाद प्राप्त नभएसम्म विद्रोह र क्रान्तिलाई कसैले रोक्न नसक्ने चेतावनी दिए । जनतालार्इ ठग्ने ठगहरुकाे अव नेपालमा छिटै चिहान हुने भन्दै विप्लवले जनताकाे चाेटकाे सामना गर्न तयार भएर वस्न चेतावनी दिए ।

पुस २१ गते, २०७४ - ११:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top