Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी

\"\"काठमाडाै ।  नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७२-७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाँ खर्च भएको छ । सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको अाजकाे नयाँ पत्रिकामा खवर छ । तरकारीमा मात्रै ८५ प्रतिशतसम्म विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशन अच्युतप्रसाद ढकालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७२-७३ मा १ सय ८१ टन कीटनासक, २ सय ४७ टन रोगनासक, १ सय ३४ टन झारनासक र १२ टन अन्य प्रकारका विषादी प्रयोग भएको छ । तराईमा बढी प्रयोग विषादीको प्रयोग तराईमा धेरै हुने गरेको छ । वार्षिक ९९५ ग्राम प्रतिहेक्टरका दरले तराईमा विषादी प्रयोग भइरहेको बाली संरक्षण निर्देशनालयले जनाएको छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा प्रतिहेक्टर ८५, पहाडी क्षेत्रमा ३१४ र उपत्यकामा ४७० ग्राम प्रतिहेक्टर विषादी प्रयोग हुने गरेको छ । ८० प्रतिशत विषादी विदेशबाट नेपालमा खपत हुने विषादीमध्ये ८०% विषादी भारत, चीन र जापानबाट आउने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए । २०% भने नेपालमा उत्पादन हुन्छ । सबैभन्दा बढी विषादी भारतबाट आउने गरेको उनले बताए । तीन तरकारीमा ४५% विषादी भेटियो बाली संरक्षण निर्देशनालयले सिमी, भिन्डी र अकबरे खुर्सानीको विषादी परीक्षण गर्दा ४५% प्रयोग भएको पाइएको छ । सर्लाहीको सिमी, धादिङको भिन्डी र मकवानपुरको अकबरे खुर्सानीको विषादी मापन गर्दा विषादीको यस्तो परिणाम देखापरेको निर्देशक ढकालले बताए । कस्तो असर पर्छ स्वास्थ्यमा ? कृषिजन्य उत्पादनमा विषादीको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे सरकारी तवरबाट कुनै पनि अनुसन्धान गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विषादीकै कारण विश्वमा हरेक वर्ष ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ । ४ करोड मानिसमा विषादीले कुनै न कुनै रूपमा असर गरेको हुन्छ । तत्कालीन असर : बान्ता हुने, मूर्छा पर्ने, झाडापखाला लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, एलर्जी हुने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, खाना अरुचि, धमिलो देख्ने, वाकवाक लाग्ने, आँखा–नाक पोल्ने दीर्घकालीन असर : अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, नसामा समस्या, स्नायु प्रणालीको विकासमा ह्रास, एकाग्रतामा कमी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies