Khabar Dabali Logo
  April 15, Thu

विप्लव, वैद्य र नयाँ शक्तिमा नयाँ धक्का, अखिल(क्रान्तिकारी) र नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन विच एकता

काठमाडौं । नेकपा  माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन विच एकता भएको छ । वि.स.२००७ साल असार १७ गते स्थापित ने.रा.वि.फे. नेपालकै पहिलो र जेठो विद्यार्थी संगठन मानिन्छ ।

आज प्रज्ञाप्रतिष्ठानमा आयोजित एकता घोषणा कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र फेडरेसनका संयोजक दिपक जोशीले एकता विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरी एकता भएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

नेराविफे कै झण्डामुनी वि.स.२००८ कार्तिक २० गते दिल्ली सम्झौता विरोधी आन्दोलनका क्रममा चिनियाकाजी श्रेष्ठको हत्या भएको एकता विज्ञप्तिमा जनाइएको छ। ‘यो एकताले अखिल(क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनवाट पारित समाजवादी शिक्षा प्राप्तिको कार्यदिशालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं।’- जारी एकता विज्ञप्तिमा भनिएको छ।

विप्लव , नयाँ शक्ति र वैद्यवाट पनि विद्रोह

यसैगरी सोही एकता कार्यक्रममा विप्लव निकटको अखिल(क्रान्तिकारी)का सचिव रामवहादुर वि.क. र कोषाध्यक्ष आस्था घिमिरे सहितको समूह अखिल(क्रान्तिकारी)मा समाहित भएको छ।

त्यसैगरी नयाँ शक्ति विद्यार्थी युनियनका संगठन विभाग प्रमुख लक्ष्मीप्रसाद जोशी सहितको समूह अखिल (क्रान्तिकारी)मा समाहित भएको छ। सोही कार्यक्रममा वैद्य निकट अखिल(क्रान्तिकारी)का ६ नं.प्रदेशका संयोजक जगदीश शाही सहितको टोली पनि क्रान्तिकारीमा समाहित भएको थियोे ।

एकता घोषणा कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का सचिवालय सदस्य एवं क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्यौपाने, पिविएम द्वय रमेश मल्ल र पदमराज जोशीको सहभागिता रहेको थियोे।

पुस १९ गते, २०७४ - १४:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय

नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका...   

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेट वार्ता, कार्यदलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिसद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले...   

कोरोना उच्च जोखिम रहेको १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित...   
राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु

राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका बेवारिसे...   

एमसीसीप्रति सरकारको मोह : कानूनमन्त्री भन्छन्, छिट्टै प्रकृया अगाडि बढाइन्छ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विवादास्पद अमेरिकी मिलेनियम च्यालेन्ज...   
विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग

विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले हठात संसद अधिवेशन अन्त्य गरिदिएपछि...   

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी आफ्ना दुई मन्त्री फिर्ता बोलाएको एक हप्तापछि नेकपा माओवादी केन्द्रले...   

अटोमा लुकाइछिपाइ लादै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

काठमाडौं । लुकाइछिपाइ अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ...   

प्रधानमन्त्रीले वाम गठबन्धन भत्काएर दक्षिणपन्थीसंग मिलेर सरकार टिकाउन खोज्नु गलत : घनश्याम भुसाल

बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासंग मिलेर सरकार टिकाउन...   

प्रधानमन्त्रीबाट स्वीच थिचेर ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ शुभारम्भ, ‘मेरो कित्ता एप’मार्फत घरमै बसेर नक्सा प्रिन्ट गर्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि बिहिबार ‘ल्यान्ड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top