Khabar Dabali Logo
  October 31, Sat

पार्टी हेडक्वार्टरमा प्रचण्डले यस्ताे गरे ब्रिफिङ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग ५० प्रतिशत ‘पावर’ लिएर मात्र पार्टी एकता हुने बताएका छन् । माओवादी हेडक्वार्टरको मंगलबार खुमलटारमा बसेको विस्तारित बैठकमा प्रचण्डले एमालेसँग ५०-५० प्रतिशत ‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने ‘ब्रिफिङ’ गरेको नेता गणेश शाहले जानकारी दिए ।

अाजकाे नयाँ पत्रिकामा खबर छ-‘प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई स्वीकार गरिसकेका छौँ । उनलाई पाँच वर्षसम्म प्रधामन्त्रीका रूपमा काम गर्न दिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शाहले भने, ‘संयुक्त पार्टी अध्यक्षका रूपमा मैले पाँच वर्ष नेतृत्व गर्छु । यस्तो भएमा पावर सेयरिङमा पनि ५०-५० प्रतिशत हुन्छ । दुई पार्टीको सम्मानजनक एकता पनि हुन्छ ।’

अध्यक्षसहितको एकता संयोजन समितिको बैठक बस्ने
बैठकमा प्रचण्डले चाँडै एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन बैठक बस्ने जानकारी दिए । ‘मैले केही दिनअघिदेखि ओलीजीसँग छलफल गर्न खोजेको थिएँ, स्वास्थ्यका कारण छलफल हुन पाएको छैन । बुधबार एकता संयोजन समितिको बैठक बस्छ,’ प्रचण्डले भने, ‘दुई पार्टीको अध्यक्षसहितको पावर सेयरिङ, शीर्ष नेताको व्यवस्थापन र समग्र पार्टी एकताको विषयमा छलफल गर्छौँ ।’

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, माओवादी नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको विषयमा पनि एकता संयोजन समिति बैठकमा छलफलले प्रवेश पाउने भएको छ । एमाले–माओवादी एकता जनताबाट अनुमोदन भइसकेकाले जसरी पनि एकता हुने प्रचण्डले उल्लेख गरेको थिए । पर्याप्त गृहकार्य नपुगेकाले पार्टी एकताको विषयमा ठोस खाकासहित प्रगति हुन नसकेको शीर्ष नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए।

अध्यादेशका विषयमा पनि ब्रिफिङ
राष्ट्रिय सभासम्बन्धी अध्यादेशका विषयमा प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । ‘राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भयो । एकल संक्रमणीयको पक्षमा सहमति भई राष्ट्रपतिबाट स्वीकृत भएको छ । यसमा हामीले सकारात्मक भूमिका खेल्यौँ । यस विषयमा बाहिर पनि सकारात्मक सन्देश गएको छ,’ प्रचण्डको भनाइ थियो । प्रदेश राजधानी र प्रदेश प्रमुखको नियुक्ति कांग्रेसले एमाले र माओवादीसँग सहमतिमै घोषणा गर्ने प्रचण्डले बताएका थिए ।

सैद्धान्तिक विषयलाई बिस्तारै मिलाउँदै जाने 
प्रचण्डले एमालेको ‘बहुदलीय जनवाद’ र माओवादीको ‘२१औँ शताब्दीको जनवाद’लाई बिस्तारै छलफल गर्दै टुंग्याउने जानकारी गराएको बैठकमा सहभागी नेता मणि थापाले बताए । ‘आगामी कार्यदिशा कुनै बल प्रयोग नभई शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा हुन्छ,’ थापाले भने, ‘संविधानमै समाजवादउन्मुख उल्लेख भएकाले सोहीअनुसार कार्यदिशा तय हुन सक्छ ।’ तत्कालीन मालेको झापा विद्रोह र माओवादी जनयुद्धका विषयलाई उच्च मूल्यांकन गरिने थापाले बताए ।

निर्वाचनमा भएको अन्तर्घातको छानबिन हुने 
माओवादीले प्रतिनिधिसभा र प्रदेश सभामा भएको अन्तर्घातबारे छानबिन गर्ने भएको छ । नेता अमिक शेरचनको संयोजकत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, रेखा शर्मा र हितराज पाण्डे सदस्य छन् । समितिलाई सात दिनको समय दिइएको छ । एमालेसँग तालमेल गरी निर्वाचनमा गएको माओवादीमा आफ्नै पार्टी नेताले उजुरी दिएपछि छानबिन समिति गठन भएको हो । अहिलेसम्म हुम्ला, पर्सा, सल्यान, गोरखा, सिरहा, धनुषा, कैलाली, कञ्चनपुर, दैलेख, खोटाङलगायत जिल्लामा अन्तर्घात भएको भन्दै उजुरी परेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

विभिन्न समूहबाट ध्रुवीकरण हुँदै माओवादीमा आएका नेता–कार्यकर्ता संगठनात्मक व्यवस्थापन गर्न रामबहादुर थापा बादलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, लेखराज भट्ट, मातृका यादव, सावित्रीकुमार काफ्ले र सुनील मानन्धर सदस्य छन् ।

पुस १९ गते, २०७४ - ०८:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार दिनपछि ओलीसँग भेटेर के भने प्रचण्डले ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल...   
टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top