Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश प्रमुख सहमतिमै चयन गर्न देउवा अग्रसर

\"\"काठमाडाैं । प्रधानमन्त्रीले शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख चयनका लागि दलीय छलफल सुरु गरेका छन् । मंगलबार कांग्रेसको आन्तरिक छलफलमा दलीय सहमतिमा स्वतन्त्र व्यक्तिलाई प्रदेश प्रमुख बनाउन सुझाब आएलगत्तै प्रधानमन्त्री देउवाले दलीय छलफल थालेका हुन् । राष्ट्रिय दल बनेका चार पार्टीका शीर्ष नेतासँग छलफल गर्ने र बिहीबार सर्वदलीय छलफल गर्ने तयारी देउवाले गरेका छन् ।
प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभाको निर्वाचनमा राष्ट्रिय दलबीच सहमति जुटाउने प्रयास
अाजकाे नयाँ पत्रिकामा खबर छ-प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभाको निर्वाचन सहमतिका आधारमा गर्ने विषयमा छलफल भएको जानकारी दिए । ‘प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने र यसका प्रक्रियाका विषयमा प्रचण्डजीसँग कुराकानी भयो,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘यसका लागि बिहीबार पाँच दलको (सर्वदलीय) बैठक डाक्ने कुराकानी भएको छ ।’ राष्ट्रिय दलका शीर्ष नेतासँग ‘वान टु वान’ छलफलपछि बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले विवाद नआउने गरी प्रदेश प्रमुख नियुक्त गर्न पार्टीबाट सुझाब दिइएको जानकारी दिए । ‘छिटो राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा र प्रदेश प्रमुख नियुक्त गर्न सुझाब दिएका छौँ,’ खाणले भने, ‘दलबहरूबीचको सहमतिमा पछि पनि विवाद नआउने गरी राजनीतिकभन्दा स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्नुपर्छ भन्ने हाम्रो सुझाब छ । प्रधानमन्त्रीको तयारी पनि यस्तै छ ।’ राष्ट्रिय दलसँग छलफल गरेपछि आउँदो मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख, प्रदेशका अस्थायी सदरमुकाम र निर्वाचन आयोगसँगको परामर्शमा राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको उनले बताए । यी हुन् ७ प्रदेशका अस्थायी केन्द्र ? सातवटै प्रदेशका अस्थायी केन्द्रका विषयमा प्रधानमन्त्रीले बिहीबार बिहान सर्वदलीय बैठकमा छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेका छन् । अधिकारसम्पन्न प्रशासन पुनर्र्संरचना समितिले प्रदेशको अस्थायी राजधानीका लागि सम्भावित सहरहरू प्रस्ताव गरी मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले स्थलगत अध्ययन गरी अस्थायी राजधानीको प्रस्ताव तयार पारेको थियो । प्रस्तावित अस्थायी राजधानी तोक्ने विषयमा सरकारले सर्वदलीय छलफल गरी आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै छ । मन्त्रिपरिषद् कार्यालयमा प्रदेश नम्बर १ का लागि विराटनगर, प्रदेश २ को जनकपुर, ३ को ललितपुर वा भक्तपुरको ठिमी वा काभ्रेको बनेपा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को दिपायल छलफलका लागि प्रस्ताव गरिएको छ । कांग्रेसमा पनि सहमतिमै गर्न जोड कांग्रेसभित्र दलीय सहमतिमै प्रदेश प्रमुख र यसका अस्थायी केन्द्र तोक्न सुझाब आएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा पछि विवाद नहुने गरी दलीय सहमतिका आधारमा प्रदेश प्रमुख र केन्द्र तोक्न सुझाब आएको हो । ‘राष्ट्रिय सभाको निर्वाचन छिटो गर्नुपर्नेछ । साथै, प्रदेश प्रमुखको नियुक्ति र सातवटै प्रदेशका अस्थायी केन्द्र छिटो तोकेर आफ्नो जिम्मेवारी छिटो पूरा गर्नुस् भनेर सुझाब दिएका छौँ,’ कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले भने, ‘विवाद नआउने गरी अरू दलको पनि सहमतिमा प्रदेश प्रमुख र केन्द्र तोक्न प्रधानमन्त्रीलाई भनेका छौँ ।’ एकलौटी प्रमुख तोक्दा अर्को सरकारले उल्टाउन सक्ने भन्दै एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरमसँग छलफल गरेर राजनीतिकभन्दा पनि स्वतन्त्र व्यक्तिलाई प्रमुख बनाउन कांग्रेसभित्रै देउवालाई दबाब छ । आफूहरूको सुझाबमा देउवा पनि सकारात्मक रहेको जानकारी महतले दिए । ‘हाम्रो सुझाबमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, यसका लागि दलीय छलफल पनि थालिसक्नुभएको छ,’ उनले भने ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies