Khabar Dabali Logo
  April 15, Thu

भिमसेन गाउँपालिकाका वासिन्दा अान्दाेलित

गाेरखा । गोरखा जिल्लाको भिमसेन गाउँपालिका लगाएत देश भरका ४८ स्थानिय निकायको केन्द्र र नाम परिवर्तन मन्त्रिपरिषद् बैठकबाट गर्ने अन्तिम तयारी गरे संगै  स्थानिय आन्दोलित भएका छन् ।  भिमसेन गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विरोध स्वरुप मशाल जुलुस भएको छ ।

भिमसेन गाउँपालिकाको केन्द्र भौगालिक दुरी र स्रोत साधनको तवरवाट उपयुक्त साथै जिल्लामा क्रियाशिल राजनितिक दलहरुको सहमतीमा विज्ञ टोलीको सुझाव अनुसार तोकिएको र हाल सम्म गाउँपालिकाको सम्पूर्ण कामकारर्वाही संचालन भइरहेको केन्द्र बगुवा नै कायम गरिनुपर्ने माग छ ।

संघिय र प्रादेशिक निर्वाचनको आचारसंहिता लागु भैसकेपछि मिति २०७४ कार्तिक १९ गते बोलाइएको गाउँसभाको प्रथम बैठकबाट भिमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेसाल परिवर्तन गर्ने निर्णय गराउन खोज्दा झडपको अवस्था सिर्जना भई वैठक अवरुद्ध भएको थियो । उक्त झडपमा ३ जना स्थानिय यूवाहरु घाइते समेत भएका थिए ।

बैठकबाट आधिकारीक रुपमा केन्द्र सार्ने निर्णय नभएको र गाउँपालिका प्रमुख इश्वर पाण्डेले किर्ते कागजात बनाई मन्त्रिपरिषद्मा प्रस्ताब लगेको आरोप आन्दोलित स्थानीयहरुले लगाएका छन् । स्वतन्त्र आम बगुवाली बासीहरुको आयोजना भएको विरोध कार्यक्रममा कथित गाउँपालिकाको केन्द्र सार्ने निर्णय खारेज गर, समानान्तर गाउँपालिका गठन गरौं, किर्ते कागजात निच हो बगुवा सबको विच हो, गाउँपालिका प्रमुख इश्वर पाण्डे राजीनामा दे भन्दै नारा लगाएका थिए ।

भिमसेन गाउँपालिकाको केन्द्र बगुवामा सयौंको संख्यामा सहभागी रहेकोे मशाल जुलुस पश्चात कोणसभा गरी सम्पन्न भएको थियो । कोणसभाका क्रममा आन्दोलित स्थानियहरुले केन्द्र परिवर्तनको प्रक्रिया नरोके थप सशक्त चरणवद्ध आन्दोलनको घोषणा गरेर जाने समेत चेतावनी दिएका छन् ।

पुस १७ गते, २०७४ - ११:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय

नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका...   

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेट वार्ता, कार्यदलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिसद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले...   

कोरोना उच्च जोखिम रहेको १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित...   
राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु

राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका बेवारिसे...   

एमसीसीप्रति सरकारको मोह : कानूनमन्त्री भन्छन्, छिट्टै प्रकृया अगाडि बढाइन्छ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विवादास्पद अमेरिकी मिलेनियम च्यालेन्ज...   
विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग

विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले हठात संसद अधिवेशन अन्त्य गरिदिएपछि...   

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी आफ्ना दुई मन्त्री फिर्ता बोलाएको एक हप्तापछि नेकपा माओवादी केन्द्रले...   

अटोमा लुकाइछिपाइ लादै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

काठमाडौं । लुकाइछिपाइ अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ...   

प्रधानमन्त्रीले वाम गठबन्धन भत्काएर दक्षिणपन्थीसंग मिलेर सरकार टिकाउन खोज्नु गलत : घनश्याम भुसाल

बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासंग मिलेर सरकार टिकाउन...   

प्रधानमन्त्रीबाट स्वीच थिचेर ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ शुभारम्भ, ‘मेरो कित्ता एप’मार्फत घरमै बसेर नक्सा प्रिन्ट गर्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि बिहिबार ‘ल्यान्ड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top