Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

रासस

लहान । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । 

माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको हो ।

एकातिर सिरहामा रासायनिक मलको माग बढ्दै गएको छ भने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ५०० बोरा डिएपी र छ हजार ४४० बोरा युरिया मलको आपूर्ति कम भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा ९२ हजार ६८३ बोरा डिएपी र ८४ हजार ९६० बोरा युरिया मल आपूर्ति भएकोमा गत आर्थिक वर्षमा ६० हजार १८३ बोरा डिएपी र ७८ हजार ५२० बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख मणिराज पौडेलले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २३ हजार ७७ बोरा युरिया र दुई हजार ४०० बोरा डिएपी मल आपूर्ति भएकोमा आव २०७४/०७५ मा २६ हजार ७८८ बोरा युरिया र आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएको थियो । माग अनुसार आपूर्ति हुन नसक्दा जिल्लामा रासायनिक मलको हाहाकार हुने गरेको उनको भनाइ छ । 

त्यस्तै, आव २०७३/०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महिनामा मात्र ३० हजार बोरा युरिया र त्यतिकै परिमाणमा डिएपी मल चाहिएकोमा हाल १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ । 

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट सो परिमाणको मल प्राप्त भएपछि कोटा निर्धारण गरेर हिजोबाट सिरहाका स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरहरुमार्फत किसानलाई वितरण गर्न थालिएको छ । “हामीलाई गत शुक्रबार १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल मात्र प्राप्त भएको छ”, कार्यालय प्रमुख पौडलले भने, “मल आउने वित्तिकै बिक्री वितरण शुरु गरेका छौं ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुमार्फत मलखाद्य वितरण शुरु गरेको उनको भनाइ छ ।
 
डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको प्रमुख पौडेलले बताए । 

डिएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झण्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा रु। २७ करोड ४३ लाख ७३ हजार ३४ मूल्य बराबरको मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले गत आर्थिक वर्षमा रु. १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको मात्र रासायनिक मल बिक्री गरेको कार्यालयका लेखाप्रमुख नारायण खडकाले जानकारी दिए  ।

सिरहामा कृषि सामग्री कम्पनी र साल्ट्र टेड्रिङ्ग कम्पनीले गाउँ गाउँमा सहकारी संस्थामार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री बितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढेपनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सिमा नाकामा भएको कडाइलगायत कारणले सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलको भनाइ छ । 

डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या भइरहेको नेपाल कृषक महासङ्घ प्रदेश नं २ का अध्यक्ष मुक्ति यादवले बताए । माग अनुसार आपूर्ति हुन नसक्दा यहाँका किसानहरु वर्षेनी मलका लागि डिलरहरु चहार्ने गरेको तरपनि सहज रुपमा मल पाउने अवस्था नरहेको उनको भनाइ छ । 

सिरहामा यस वर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ । अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् । 

धानमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, किसान राजकिशोर यादवले भने, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies