Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सत्ता टिकाउने र भारतलाई खुशी पार्ने राष्ट्रघाति योजना हो

हिमाल शर्मा

सरकारको आफ्नो गिर्दो साखलाई भारतको स्वार्थमा सत्ता टिकाउन उसलाई खुशी पार्न यो कार्यक्रम ल्याइएको छ । दोस्रो, सरकार तथा राज्य संयन्त्रमा बसेका पहुँच वालाहरुले आफ्ना नजिकका आसोपासे र कार्यकर्तालाई पोस्न ठेकदारसँग मिलेर पैसा कुम्याउने नीति

आफैले संसद विघटन गरी कामचलाउ हैसियतमा पुगेको अवस्थामा सरकारले अध्यादेश मार्फत प्रस्तुत गरेको आगामी वर्षको बजेटमा ढुङ्गा–गिट्टी निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने जस्ता देशलाई दुरगामी प्रभाव पर्ने कार्यक्रम ल्याउनु घातक छ । 

देशको भविष्य बोकेको प्राकृतिक स्रोत विक्रि–वितरण गर्दा राष्ट्रिय सहमति आवश्यक पर्छ । अहिलेसम्म चुरे संरक्षणको नाममा रोकेर राखिएका प्राकृतिक सम्पत्तिमाथि सरकारले जुन किसिमबाट  दोहन गर्न खोजेको छ, त्यसले तराईमा ठुलो संकट उत्पन्न हुने कुरा विज्ञहरुले चेतावनी दिएका छन् । 

हामी र हाम्रो सन्ततिको भविष्य बोकेको प्रकृतिक सम्पत्तिमाथि सरकारले राज्यकोष बढाउने नाममा बजेटमा समावेश गर्नु सर्वथा गलत छ । 

अहिले चुनावमामात्र ४१ अर्ब छुट्याउनुपर्ने छ । यति ठुलो महामारी छ । यस्तो बेलामा कामचलाउ हैसियतमा रहेको सरकारले ठुलो मात्रामा घुस लिएर आफ्ना मान्छे घुसाउन खोजिएको छ । यस हिसावले सरकारको नियतमा दुई किसिमबाट शंका गर्न सकिन्छ । 

पहिलो, सरकारको आफ्नो गिर्दो साखलाई भारतको स्वार्थमा सत्ता टिकाउन उसलाई खुशी पार्न यो कार्यक्रम ल्याइएको छ । दोस्रो, सरकार तथा राज्य संयन्त्रमा बसेका पहुँच वालाहरुले आफ्ना नजिकका आसोपासे र कार्यकर्तालाई पोस्न ठेकदारसँग मिलेर पैसा कुम्याउने नीति रहेको छ ।  मुख्यतः भारतलाई नै खुशी पार्ने कुरा हो । यसमा ठुलो कमिसनको चलखेल रहेको छ । सरकारले देश विकास गर्ने नियतका साथ यो कार्यक्रम ल्याइएको छैन । यसर्थ, यो देश विकासको नाममा प्राकृतिक स्रोतको दोहन गरी ब्रम्हलुट मच्चाउने सरकारको नीतिगत भ्रष्टाचार हो । 

यद्यपी देशलाई आवश्यक परेको खण्डमा संसद चालु रहेको बेला, राष्ट्रिय सहमतिको आधारमा विज्ञहरुको राय सल्लाह लिएर पर्यावरणीय सन्तुलन कायम रहने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन सक्छ । तर, वर्तमान सरकारलाई दैनिक काम गर्न बाहेक अन्य कुनै दुरगामी निर्णय गर्ने अधिकार छैन । सरकारको वचाउमा अर्थमन्त्रालयबाट जुन किसिमको बक्तव्यवाजी भएको छ, त्यो सरासर निन्दनिय छ । त्यो नाटक मञ्चन मात्रै हो । सबैको मिलेमतोमा यो काम भइरहेको छ । यो भनेको खुलेआम प्रकृति सम्पदामाथि राज्यको डकैती हो । हामी यसको सशक्त प्रतिवाद गर्छौं । राष्ट्रघाति सरकारको यस कार्यक्रम कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं । 

(हिमाल शर्मा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies