Khabar Dabali Logo
  June 4, Thu

दक्षिण एसियामै नेपाल उच्च आर्थिक वृद्धिदर हुने देशकाे दोस्रो स्थानमा , ७.१% सम्म पुग्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । सन् २०१९ मा विश्व बैङ्कले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ- यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्धिदर ८.१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ ।

नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलङ्काको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।

नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ । सन् २०२० मा ६.४ र २०२१ मा सामान्य वृद्धि भई ६.५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६.५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ ।

अशोज २७ गते, २०७६ - ०७:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केएमसीका चिकित्सकमा कोरोना संक्रमण, अस्पताल बन्द

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका पाँच जनामा कोरोना संक्रमण...   

ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो...   

सर्वसाधारण समस्यामा पर्न थालेपछि लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं। लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी...   
२८ वर्षअघि हायात होटेललाई दिइएको ३०४ रोपनी जग्गा फिर्ता लिने तयारी

२८ वर्षअघि हायात होटेललाई दिइएको ३०४ रोपनी जग्गा फिर्ता लिने तयारी

काठमाडौं । तत्कालीन सरकारले २८ वर्षअगाडि काठमाडौं हायात रिजेन्सी होटेल लिमिटेडलाई नामसारी नै गरेर...   

यसरी गरिंदैछ संविधान संशोधन

काठमाडौं । संविधान संशोधन विधेयक दर्ता भएसँगै जेठ १८ गते सदनमा पेस भइसकेको छ । आजको गोरखापत्र दैनिकमा...   

कोरोनाका नाममा सरकारले अनुमानभन्दा ३ अर्ब बढी सक्यो

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको...   

काठमाडौंलगायत प्रमुख शहरमा लकडाउनको स्वस्फूर्त अवज्ञा

लकडाउन गराउने र कर उठाउने नीतिविरुद्ध देशभरका व्यवसायी आन्दोलित काठमाडौं । सरकारले कोरोना रोकथाम...   

कोरोना संक्रमितको संख्या दुई हजार नाघेपछि स्वास्थ्य संकटकाल घोषणाको तयारी

कोरोना नियन्त्रण र उपचारमा १० अर्ब खर्च काठमाडौं । सरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका...   

विमान प्रयोग गरी सगरमाथाको सर्भे

काठमाडौं । नेपाली आकाशमा अहिले चिनियाँ विमान फाट्टफुट्ट उडेको देख्न सकिन्छ । तर, ती व्यावसायिक वा...   

अस्त-व्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top