Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिएकी छिन् । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिएकी हुन् । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो ।

“समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ”, उनले भने । अहिले उनी छोराछोरी, नातिनातिना, पनातिपनातिना गरी ७० जनाको अभिभावक भइन्। छोराछोरी सबैले उन्नति, प्रगति, विभिन्न पेशा–व्यवसाय गरेको देख्दा र सुन्दा उनी खुशी छिन्।

अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो — उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६७ वर्षीया सुमित्रा विक र ७६ वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोरा छोरीको नाम पनि सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन् र रु नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन ।

“बाह्र छोरा तेह्र नाति, हलो र जुवा बूढाको काँधमाथि” भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।

बढी सन्तान समस्या नै समस्या

सुमित्राले १३ सन्तान हुर्काउन निकै सास्ती भयो । घरमा सासू ससुरा नभएपछि बच्चा हुर्काउन समस्या भएको हो । केही बच्चा आफ्नो साथमा र केही श्रीमानको साथ लगाएर काम गर्नुपर्ने बाध्यता रहेको थियो । धेरै सन्तान भएपछि उनीहरुले एसएलसीसम्म पनि पढ्ने मौका कमै सन्तानले मात्र पाए ।

“दुःख गरेर भए पनि धेरै छोराछोरीको राम्रै पालनपोषण गरे, सबैका बिहेदान राम्रैसँग भयो, पहिला दुःख भए पनि अहिले त सुखसन्तोष हुँदै गएको छ, काखमा नातिनातिना खेलाउँदा रमाइलो लागेको छ”, उनले भनिन् ।

पहिला पहिला अशिक्षा र पुरानो संस्कारले जगेडिएको हाम्रो समाजमा छोरीलाई भन्दा छोरालाई धेरै महत्व दिने चलन थियो । अहिले भने छोरा नै जन्माउनुपर्छ भन्ने पुरानो संस्कार परिवर्तन भएको छ । मेलापात उकाली ओराली गरेर १३ सन्तान हुर्काउन पाउँदा आफूलाई खुशी लागेको विकका श्रीमती ६४ वर्षीय सुमित्रा विक बताउछिन् ।

“कोही काखमा, कोही पेटमा, कोही भर्खर बामे सर्दै गरेका सन्तानको रेखदेख गर्नैप¥यो, मेलापात, ढिकी, जाँतो नगरीकन खान पाइँदैनथ्यो, दिनभर मेलापात छोराछोरी बोकेर गरिन्थ्यो, ढिकी, जाँतो गर्न बिहान ३ नबज्दै उठ्नुपर्ने”, उनले दुःखका अनुभूति सुनाइन् ।

बच्चाबच्चीको स्याहारसुसार, घरधन्दा, मेलापात एक्लै दुःखसँगै सबैलाई हुर्काए पनि अहिले आनन्द लागेको विक बताउछिन् । “छोराछोरीले गरेको चहलपहल देख्न पाउँदा पहिले धेरै सन्तान पाए भनेर दुःखी भए पनि ती सारा दुःखहरु अहिले भुल्दै गएको छु, सबैले दुःख नगर्नु चाहिएको हामी पुर्याउछौ, ल्याइदिन्छौ भन्छन्”, उनले भनिन् ।

श्रीमान् आरन व्यवसाय चलाउने श्रीमती मेलापात घरधन्दा गरेर जीविका चलाउने विक दम्पती अहिले सुखसँग जीवन बिताएका छन् । कतिपय छोरा नजन्माएकै कारण महिलालाई घर निकाला, अपहेलना, शारीरिक तथा मानसिक याताना दिने गरिन्छ । विकट र दुर्गम गाउँमा यदाकदा छोरा नै जन्माउनुपर्छ भन्ने धारणा रहे पनि पछिल्लो समय पाल्पामा भने शिक्षाको पहुँच र चेतनाको विकासले छोरा नै जन्माउनुपर्छ भन्ने मानसिकतामा परिवर्तन आउन थालेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies