Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई त्यहाँका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले उक्त ट्याङ्कर जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ।

ग्रेस-वान नामक उक्त \'सुपर ट्याङ्कर\'लाई गत जुलाई ४ मा ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो। तेल बोकेको सो ट्याङ्कर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शङ्का गरिएको थियो।

अमेरिकाले उक्त ट्याङ्करलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थियो। इरानले पहिले नै उक्त ट्याङ्करको नियन्त्रणलाई \"अवैध अवरोध\" भनिसकेको छ।

ग्रेस-वानलाई नियन्त्रणमा लिइएको दुई साता पश्चात् गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्याङ्कर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

इरानी उक्त समुद्री जहाजले अन्तर्राष्ट्रिय सामुद्रिक नियमलाई तोडेको दाबी गरे पनि उक्त कार्यलाई जिब्राल्टरमा आफ्नो ट्याङ्कर पक्राउको प्रतिउत्तरमा उसले त्यस्तो गरेको ठानिन्छ।

वासिङ्टन ग्रेस-वान र त्यसमा रहेको सबै तेललाई जफत गर्न सकिने दाबी गर्छ। उसले अन्तर्राष्ट्रिय आकस्मिक आर्थिक अधिकार ऐन, ब्याङ्क छली, सम्पत्ति शुद्धिकरण र आतङ्कवाद कानुनको उल्लङ्घन गरेको आधारमा त्यसो गर्न सकिने दाबी गर्दै आएको छ।

अमेरिकाले प्याराडाइज ग्लोबल ट्रेडिङ एलएलसीसँग जोडिएको एउटा नाम थाहा नभएको ब्याङ्कको खातामा रहेको ९ लाख ९५ हजार अमेरिकी डलर रकम जफत गर्न पनि आदेश दिएको छ।

अमेरिकाले उक्त व्यापार इरानको रिभ्योलुसनरी गार्डस्‌का लागि काम गर्ने व्यवसायसँग सम्बन्धित रहेको दाबी गरेको छ। अमेरिकाले इरानको इस्लामिक रिभ्योलुसनरी गार्डलाई एउटा अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन भनेको छ।

जिब्राल्टरमा के भएको थियो?

जिब्राल्टरको सरकारले उसले इरानबाट ग्रेस-वान युरोपेली सङ्घले प्रतिबन्ध लगाएको ठाउँ अर्थात् सिरियातर्फ नजाने आश्वासन पाएको बताएको थियो।

ब्रिटेनको स्वशासित क्षेत्रका मुख्य मन्त्री फाबिएन पिकार्डोले भने, \"हामीले सिरियाको असद शासनलाई १४ करोड डलर बराबरको कच्चा तेलबाट वञ्चित गरिसकेका छौँ।\"

एकजना न्यायाधीशले उक्त ट्याङ्कर छाड्ने आदेश दिएपछि पिकार्डोले बीबीसीलाई उक्त समुद्री जहाज चाँडै नै जानसक्ने बताएका थिए। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies