Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सहकारीको ६ करोड ठगेर फरार भएका तीन जना प्रहरीको फन्दामा

धरान । धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा जम्मा गरेको ६ करोड भन्दा बढि रकम कुम्ल्याएर फरार भएका बाबु छोरासहित तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ सुनसरीको धरान उपमहानगरपालिकाको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विक, सहकारीका प्रबन्धक रहेका उनका छोरा मोहन दर्नाल विक र लेखापाल रहेकी साली कमलादेवि विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा सर्बसाधारणहरुले जम्मा गरेको ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैयाँ रकम गठी गरि फरार रहेको उजुरीका आधारमा तीनैजनालाई पक्राउ गरिएको उनले बताएका छन् ।

सहकारीका अध्यक्ष विकले छोरा र सालीसंगको मिलेमतोमा सर्बसाधारणले जम्मा गरेको रकम कुम्ल्याएर धरान छाडेका थिए । अध्यक्ष विकले धरान १५ मा रहेको घर समेत बिक्रि गरी सहकारीमा जम्मा गरिएको ठुलो रकम हिनामिना गरी फरार भई रुपन्दैहीको बुटवलमा गई डेरा गरी बस्दै आएका थिए ।

पिडितहरुले अध्यक्ष, प्रबन्धक र लेखापाल तीनैजनाले सहकारी बन्द गरी ६ करोड भन्दा बढि रकम हिनामिना गरेको उजुरी दिएपश्चात प्रहरीले उनीहरुको खोजी गरी पक्राउ गरेको हो । सहकारीमा जम्मा गरेको रकम ठगि गरि संचालक नै फरार भएपश्चात पिडित सिर्जना देवान लगायत ८५ जनाले इलाका प्रहरी कार्यालय धरानमा तीनैजना विरुद्ध ठगी मुद्धा दर्ता गरेका थिए ।

पिडितहरुको जाहेरी दर्ता गरी विकको खोजीमा सक्रिय रहेको प्रहरीले अध्यक्ष विकलाई बुटवल, छोरा मोहनलाई धरान र साली कमलालाई पिडितहरु आफैलै पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । धरान १० का पिडित नरेश शाहीले ठगिएको सबै सेवाग्राहीहरुको रकम फिर्ता दिलाई दिन माग गरेका छन् । उनले दुःख गरि कमाएको रकम ८ लाख सहकारीमा जम्मा गरेको बताए ।

धरान १५ का अमर इजमले विकले सहकारीमा राखेको ११ लाख ७० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् । धरान ४ का दिपक राईले पनि सहकारीमा राखेको आफ्नो ४ लाख रुपैयाँ विक सहितका सहकारीका पदाधिकारीहरुले गगि गरी सहकारी बन्द गराएको बताए । विकबाट ठगिएका सबै पिडितहरुले आफ्नो रकम पिर्ता गराई दिन माग गरेका छन् ।

प्रहरीले विकको साथबाट १४ तोला सुन र २४ ताृला चादी मात्र बरामत गरिेको छ । सहकारीबाट ठगि गरिएको रकम तथा विकको अन्य सम्पत्तीको श्रोतको खोजी सुरु गरिएको डिएसपी न्यौपानले बताएका छन् । पक्राउ परेका तीनै जना विरुद्ध गगि ऐन अन्र्तगत मुद्धा दर्ता गरि कार्वाहि प्रकृया अगाडी बढाईसकिएको उनले जानकारी दिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies