Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दुई साता आराम गर्दै नेकपा : विवादमाथि छलफल गर्न कसले चाहेन ?

काठमाडौं । करीब २ तिहाई बहुमतसहित सत्तामा आसीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विभागको नेतृत्वको सन्दर्भमा पेचिलो बहस चलेको छ । असारभित्रै पार्टी एकीकरणको सम्पूर्ण काम सकेर जनतामाझ अभियान लिएर जाने घोषणा गरेका नेकपाका दुवै अध्यक्षहरू यतिबेला सहमति जुटाउन नसकेर आत्थु-आत्थु बनेका छन् ।

सोमवार दिउँसो ३ बजेदेखि करीब २ घण्टासम्म चलेको बैठकले एकताप्रक्रियाका कामहरू टुंग्याउने अपेक्षा गरिएको थियो । तर निष्कर्ष आयो, सधैंजस्तै । आज सहमति भएन भन्ने प्रवक्ताको भनाइ पछिल्ला केही बैठकका निष्कर्ष जस्तै बनेको थियो । सोमवार पनि उस्तै भयो ।

बरू सोमवार बसेको बैठकले १५ दिन बैठक स्थगित गर्ने निर्णय गर्यो । पटक-पटकको विवादले गरम बनेको नेकपा सचिवालयको बैठक १५ दिन सर्नुमा विवाद नै मुख्य कारण मानिएको छ । तर बैठक १५ दिन स्थगित गरेर अध्यक्षद्वय विदेश भ्रमणमा निस्कने भएका छन् ।

ओलीले नै चाहेनन् विवाद समाधान
सोमवारको बैठकमा सबभन्दा पेचिलो बनेको स्कूल विभागका बारेमा कुनै छलफल नै भएन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दुई बैठकहरू कुनै न कुनै कारण देखाएर स्थगित गरेका थिए । सोमवारको बैठकमा पनि ओलीले आफूलाई छलफल गर्ने मन नभएको र विवादका विषयका बारेमा कुनै छलफल नगर्ने प्रस्ताव गरे ।

‘आजको बैठकमा विवादका विषयसम्बन्धी कुनै छलफल भएन,’ सचिवालयका एक सदस्यले खुलासा गरे, ‘प्रधानमन्त्रीज्यूले बैठकमा विवादसम्बधी कुनै कुरामा छलफल गर्न मन नभएको भनेपछि बैठक १५ दिनका लागि स्थगित गर्ने निर्णय भएको हो ।’

अध्यक्ष ओलीको यो कार्यशैली सचिवालयकै अन्य सदस्यहरूले मन पराएका छैनन् ।

खबरडबलीसँग ओलीले नै समाधान नचाहेको भन्दै ती सचिवालय सदस्यले अध्यक्षको यस्तो कार्यशैली आफूलाई मन नपरेको बताए ।

‘भन्नेबेलामा असारमा एकता टुंगिन्छ भन्दै हिंड्ने,’ उनले भने, ‘सचिवालय बैठक पटक-पटक स्थगित गराउने र बसेको बैठकमा पनि एकताप्रक्रियाका बारेमा छलफल नै गर्न नचाहने उहाँको प्रवृत्ति देखियो । यसले पार्टीलाई ठीक गर्दैन ।’

बैठक १५ दिनका लागि स्थगित भएपछि नेताहरूको अनुहार खुशी !

यसअघिका बैठक सकिएर बाहिर निस्किँदा प्राय नेताहरू निन्याउरो हुने गरेका थिए । तर सोमवारको बैठकमा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ हसिलो पारामा प्रस्तुत भए । यसअघि बाहिर आएका सहमतिका कुराहरू सबै झुट भएको भन्दै श्रेष्ठले सचिवालय बैठकले आधिकारिकता नदिएसम्म कुनै निर्णय भएको नमानिने बताए ।

श्रेष्ठले सबै केन्द्रीय निकाय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठनको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति रुचिका प्राथमिकताका बारेमा सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी साउन २८ गते ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

यससँगै यसअघि सहमति भएको भनिएका सबै विषयहरू पुनः उल्टिने खतरा बढेको छ । विशेष गरेर पेचिलो बनेको बहस स्कूल विभागमा थियो । स्कूल विभागमा स्वयं प्रवक्ता श्रेष्ठ र उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले आफ्नो आफ्नो दाबी अझै छाडेका छैनन् ।

सोमवारको बैठक सकिएपछि अध्यक्ष प्रचण्ड पनि खुसी मुद्रामा बाहिर निस्किए । यद्यपि सञ्चारकर्मीहरूसँग उनी केही बोलेनन् ।

अध्यक्षद्वयको विदेश भ्रमण

प्रधानमन्त्री ओली आगामी साउन १८ गते सिंगापुर जाने कार्यतालिका रहेको छ । ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने उनको पारिवारिक स्रोतले बताएको छ । उनी सिंगापुर ७ दिनसम्म रहनेछन ।

त्यस्तै अध्यक्ष प्रचण्ड भने भोलि नै दुवई भ्रमणमा निस्किने तय भएको छ । प्रचण्ड निकट स्रोतका अनुसार उनी परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् । अध्यक्ष प्रचण्ड व्यक्तिगत घुमघामका लागि दुबई जान लागेका हुन् ।

लामो समयसम्म विवादको समाधान ननिस्किएपछि नेकपाभित्र एकले अर्कालाई घोचपेच गर्ने सिलसिलासम्म शुरू भएको थियो । त्यसले अध्यक्षद्वयलाई तनाव दिएको हुनसक्ने नेकपाका एक स्थायी कमिटी सदस्यले बताए । सोही तनावको व्यवस्थापन गर्न पनि नेताहरू विदेश भ्रमण जाने भएका हुन सक्ने उनको दाबी थियो ।

पटक-पटक स्थगित भएको सचिवालय बैठकको रामकहानी
गत साउन ५ गते आइतवार बसेको सचिवालय बैठकले जिल्ला इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगायो । तर विवादित बनेका विभागहरूको नेतृत्व टुंगो लगाउन असफल देखियो । विभागहरूको नेतृत्व पनि सोही बैठकले टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर बैठक दुई दिनपछि अर्थात् ७ गते मंगलवार बोलाइयो ।

७ गते बैठक हुनुभन्दा पहिला पूर्व एमाले र पूर्व माओवादीपक्षबीच छुट्टाछुट्टै र सामूहिक छलफल भएको थियो । दुवै पक्षले स्कूल विभागमा आफ्नो दाबी पेश गर्ने गरी सहमति गरेर सचिवालय बैठकमा जाने तयारी गरेका थिए । तर बैठक बस्न सकेन ।

बैठकलाई पुनः ९ गते बिहीवारका लागि सारियो । तर त्यो बीचमा पनि कुनै सहमति हुन सकेन त्यसपछि १२ गतेका लागि सारियो तर त्यो बैठक पनि भोलिपल्ट बस्ने भन्दै स्थगित भयो । सोमवार बसेको बैठकमा सहमति हुने अपेक्षा गरिएको थियो, तर कुनै सहमति हुन सकेन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies