Khabar Dabali Logo
  November 11, Mon

एक जोर जुत्ता चार करोड ८० लाखमा बिक्री

नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ।

त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो।

तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन्। सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह-संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए।

यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो।

लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ। लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए।

उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन्।

यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ।

सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो। बिबिसि

साउन ९ गते, २०७६ - २१:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको  सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सीमा विवाद,...   
कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा...   

पक्राउ परेका सेनानीमाथि प्रहरी अनुसन्धान शुरु

काठमाडौं । जुवामा संलग्न रहेको आरोपमा नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी...   
सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सप्तरी । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको...   
भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

कञ्चनपुर । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको...   

विमान दुर्घटनामा जहाज चालकको निधन

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर...   
हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

काठमाडौँ । महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले...   
जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

काठमाडाैं । अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन्...   

प्रदेश प्रमुखको सिफारिसप्रति माधब नेपालको नोट अफ डिसेन्ट

काठमाडाैं । सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी सचिवालयको निर्णयमा असहमति जनाउँदै नेकपाका नेता...   
महरा पुर्पक्षको लागि जेल चलान

महरा पुर्पक्षको लागि जेल चलान

काठमाडौँ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top