Khabar Dabali Logo
  August 25, Sun

ओलीले नेपालसँग भने–कहाँको ३३ कहाँको १३, किन माओवादीसँग सत्ता आधाआधा ?

काठमाडाैं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गरे ।

आजको जनआस्था साप्ताहिकमा खबर छ–२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत १३ लाख ३ हजार ७ सय २१ (१३.६५ प्रतिशत) थियो । ६०÷४० को अनुपातमा उम्मेदवारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाब तय गरियो । तर, जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाब गर्दै छन् । जुन केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाए ।

चुनाव चिन्हबारे कन्फ्युजन हुँदा ८–१० प्रतिशत मत बदर भएको छाडेर पनि तत्कालीन एमालले पाएको मत हो (३१ लाख ७३ हजार) अर्थात ३३.२४ प्रतिशत । यदि, एउटै चिन्हबाट लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ । यति हिसाब सुनाएपछि केपीले भने, ‘अनि, तपाई प्रचण्डसँग मिल्ने किन सहमतिको कुरा उठाउनु हुन्छ ? आधा आधा कसरी दिने ल भन्नुस् । उपराष्ट्रपति, सभामुख, प्रमुख सचेतक, राष्ट्रिय सभामा उपाध्यक्ष दिएकै छ त ?’ केपीको हिसाब निकाल्ने चातुर्यताबाट प्रभावित भएर होला, माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिए, ‘कुरा त्यस्तो पो हो ?’

असार ११ गते, २०७६ - १०:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतकको आरोप आत्महत्या दुरुत्साहनको प्रमाण हुन्छ ?

काठमाडौं। आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानूनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा...   
पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौं। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा केहीबेरमा वरिष्ठ कलाकारहरुले...   
नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचविलाय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल...   

सिगांपुर जाँदै प्रधानमन्त्री ओली : प्रचण्डले पाउलान् कार्यकारी अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी आज अपरान्ह सिंगापुर...   
प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री...   

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग...   

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top