Khabar Dabali Logo
  June 3, Wed

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट भेला बोलाएको भन्दै समाचार बनाएपछि त्यसले आइतबार दिनभर काठमाण्डौंको राजनीतिक वृत्तमा तरंग ल्यायो ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका बेला सहमति भएर छपाइका लागि तयार पारेको राजनीतिक प्रतिवेदन संशोधनको प्रस्ताव गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले विरोध गरेका थिए ।

ओलीले महाधिवेशनसम्म स्थगन गर्ने भनिएको तत्कालीन एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद ब्युँताउन खोजेको आशंका प्रचण्डले गरेका छन् ।

यसैलाई कारण देखाएर पूर्व माओवादी केन्द्रका निकट विश्वासपात्र नेतासँग प्रचण्डले गोप्य भेटघाट गरेको हल्ला चल्यो ।

स्रोतका अनुसार प्रचण्ड निवासमा अरु कोही नेता नभई अग्नि सापकोटा गएका थिए । आइतबार सापकोटाले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका थिए । प्रचण्डको सचिवालयले कुनै गुटगत भेला नभएको भन्दै सापकोटाले आफ्नो चीन भ्रमणबारे जानकारी गराउन समय मागेर भेटेको बताएका छन् ।

‘उहाँ (अग्नि) चीन भ्रमणमा जानुभएको थियो । फर्केपछि भ्रमणका विषयमा अध्यक्षलाई जानकारी गराउन आउनुभएको हो’, प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले काठमाण्डुटुडेसँग भनिन्,– ‘कुनै गुटगत छलफल वा बैठक भएकै छैन ।’

प्रचण्ड परिवारसहित निर्बाचन क्षेत्रको काम गर्नेगरी आइतबार विहान चितवन झरेका छन् । उनी २ दिन चितवनमै बसेर मंगलबार काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवलायले जनाएको छ ।

असार ८ गते, २०७६ - १७:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा...   
जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

काठमाडौं । विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली। राजनीतिक बेथिति र आर्थिक विपन्नताले...   

कस्ता कागजपत्र भएकाले विदेशबाट फर्किने प्राथमिकतामा पर्छन् ?

काठमाडौं । सरकाले विदेशमा भएका नेपालीहरु स्वदेश फकाृउने तयारी गरिरहदा कतारस्थित नेपाली दुतावासले...   

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

काठमाडौं । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट...   

आज थपिएका २८८ जना संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् बिवरण !

काठमाडौं । मंगलबार एकैदिन २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

फेरी उपत्यका छिर्याे कोरोना, काठमाडौंमा ४ जना र भक्तपुरमा १ जनामा भेटियो

काठमाडौं । काठमाडौंमा उपत्यकामा फेरी कोरोना संक्रमण भेटिएको छ । काठमाडौंमा रहेको काठमाडौं मेडिकल...   

मंगलबार एकैदिन २८८ जना संक्रमित थपिए

काठमाडौं । मंगलबार एकैदिन २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

एन्टिबायोटिकको प्रयोगले बढी मृत्यु हुन्छ -डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एन्टिबायोटिकको प्रयोगले कोरोना संक्रमितको बढी मृत्यु...   
हेर्नुहोस् विश्वका यि १० उच्च नेता –जसको जिवनशैली यति सरल !

हेर्नुहोस् विश्वका यि १० उच्च नेता –जसको जिवनशैली यति सरल !

विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही...   

सुर्खेतका ११ सहित थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top