Khabar Dabali Logo
  May 22, Wed

योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा चालू आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा भएका कामको सार्वजनिक सुनुवाई आज मंगलपुरमा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताइन् ।

प्रमुख दाहालले विकास निर्माणका कामहरूको गुणस्तर र समयमा काम नहुने गरेको सम्बन्धी गुनासाहरू बढी आउनु सकारात्मक रहेको बताउँदै महानगरपालिका यसमा अत्यन्तै संवेदनशील रहेको बताइन् । उनले महानगरपालिकाभित्र अन्य साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा संचालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन निर्देशनसमेत दिइन् । महानगर प्रमुख दाहालले कुनै पनि अनियमितता र ढिलासुस्ती सैह्य नहुनेसमेत बताइन् ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताइन् । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उनले यसलाई मनन् गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

बैशाख ११ गते, २०७६ - १९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्मलाकी आमा दुर्गाले बुझिन् सरकारले दिने सम्पूर्ण राहत

कञ्चनपुर, जेठ ८ । सरकारले दिने भनेको सम्पूर्ण राहत रकम निर्मला पन्तकी आमाले बुझेकी छिन् । बलात्कारपछि...   
गलेको अवस्थामा एक व्यक्तिको शव फेला

गलेको अवस्थामा एक व्यक्तिको शव फेला

चितवन । भरतपुर महानगरपालिका– ५ तोरीखेतमा एक व्यक्तिको शव भेटिएको छ । तोरीखेत स्कुल पछाडी मकै बारीमा...   
चर्चित भारतीय गायिका नेपाल आउँदै

चर्चित भारतीय गायिका नेपाल आउँदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौं आउने भएकी छिन्। नेहा कक्कड पहिलो पटक...   
विप्लव समुहका भेरी व्यूरो ईन्चार्ज पक्राउ

विप्लव समुहका भेरी व्यूरो ईन्चार्ज पक्राउ

सुर्खेत । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समुहका केन्द्रीय सदस्य भेरी व्यूरो ईन्चार्ज...   

मन्त्री बाँस्काेटाले भने, ‘सरकारको सम्पूर्ण कामकाज बुझेर मात्र कुर्लिने गर्दा ठिक हुन्छ’

काठमाडौं । संचार विधयेकका विषयमा अालाेचित रहेका सरकारका सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद...   

प्रचण्डकाे प्रतिवद्धता पुरा हुँदै, भरतपुर-ठाेरी हुलाकी सडककाे कालाेपत्रे सुरु

काठमाडौं, ६ जेठ । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग विस्तारको कार्य शुरु भएको छ। प्रचण्डकै पहलमा उक्त...   

काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्छौं : लालबाबु पण्डित

काठमाण्डौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा...   
प्रसिद्ध कान्स फिल्म फेस्टिवलमा नायिकाहरूकाे हट अवतार

प्रसिद्ध कान्स फिल्म फेस्टिवलमा नायिकाहरूकाे हट अवतार

विश्व प्रसिद्ध फिल्म फेस्टिवल ‘कान्स फिल्म फेष्टिवल’मा विश्वका विभिन्न देशका नायिकाहरूकाे हट...   

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन नेता नेपालको आग्रह

दाङ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान...   

अधिकार मात्र हाेइन भ्रष्टाचार पनि गाउँगाउँमा पुग्यो : बिजुक्छे

भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकार मात्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top