Khabar Dabali Logo
  August 18, Sun

केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

काठमाडाैं । पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जिल्ला अध्यक्ष र सचिवकाे घाेषणा भएकाे भाेलिपल्ट एक जिल्लाका सचिवले राजिनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको सचिवमा मनोनित गरिएका दघिराम न्यौपाने ‘माधव’ले उक्त पदबाट राजीनामा दिएका हुन्।

पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भएकाले उक्त पदमा नैतिकताका आधारमा बस्न नसक्ने भन्दै उनले पार्टी हेड्क्वाटर र प्रदेश प्रमूखलाई लिखित रुपमा राजीनामा बुझाएका हुन्। तत्कालिन माओवादीको पोलिटव्युरो सदस्यसमेत रहेका शर्माले घटुवाको पद आफ्ना लागि स्वीकार्य नभएको बताए।

उनले भने ‘पार्टीको केन्द्रीय सदस्य हुदाँहुँदै सोही पार्टीको जिल्ला सचिवमा बस्न नसुहाउने भन्दै उक्त जिम्मेवारीबाट राजीनामा दिए।’ पार्टी केन्द्रले नाम सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाएका न्यौपानेले सचिव बाहेकको अन्य पदमा भने आफू यथावत रहेको पनि स्पष्ट पारे।

उनले सो पदमा यसअघि नै जिल्लामा सहमती भइसकेकोले नारायण बहादुर जिसी निर्मललाई प्रस्ताव गरेका छन्।राजीनामासँगै उनले उक्त प्रस्ताव पनि गरेका हुन्। मंगलबार पार्टी हेडक्वाटरमा इमेलमार्फत् तथा बुटवलमै रहेका प्रदेश संयोजक एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएका हुन्।

उनले भने ‘राजीनामा बुझाई सकें, अब पार्टीले उक्त पदमा अर्को व्यक्तिलाई पढाउने विश्वास छ।’ बुटवल उपमहानगरपालिकाका मेयर तथा पार्टीका प्रदेश सदस्य शिवराज सुवेदीलाई अध्यक्षमा तथा प्रदेश सांसद एवं पार्टीका केन्द्रीय सदस्य न्यौपानेलाई सचिवमा मनोनित गरिएको थियो।

यसअघि नै रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र सचिवमा नारायण जिसीको नाम सिफारिस भएको थियो। रुपन्देहीको अध्यक्षको जिम्मेवारी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई दिएपछि भट्टराईले पनि असन्तुष्टि जनाएका छन्। भट्टराईले पार्टीको नीतिगत निर्णय गलत गरेको बताए। ‘पद नभएकालाई पद छैन। पदमा रहेकालाई थपेर दिइयो। पार्टीले के आधारमा छनौट गर्‍यो, म त अचम्ममा परे,’ उनले भने।

बैशाख १० गते, २०७६ - १९:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको...   
रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

चितवन । चितवनमा आज जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय बैठक बसेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या...   

रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

चितवन । अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै छुट्ने...   
‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संघीय संसदमा समेत उठेको छ । संसदको...   

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २०...   
सांसद यादवले फिर्ता लिए राजीनामा

सांसद यादवले फिर्ता लिए राजीनामा

काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ का सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । समाजवादी...   

सत्तामा पुगेपछि मात लागेर आफ्नो आधार बिर्संदा समस्या आउँछः नेता नेपाल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधव कुमार नेपालले देशमा...   
इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई त्यहाँका एकजना न्यायाधीशले...   
पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्याँस प्रहार

पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौंको पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रण लिनका लागि...   

नागढुङ्गाबाट पेस्तोल र गोलीसहित युवक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित एक जना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top