Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आजदेखि तीनदिनसम्म मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ । आजदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आज, भोली र पर्सी बुधबार सम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले रातोपाटीलाई जानकारी दिइन । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ ।

यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । उनले भनिन–‘छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि छिटपुट बर्षा हुने संभावना छ ।’

आज राती पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

यस्तै भोली मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies