Khabar Dabali Logo
  May 24, Fri

जब न्यायालय नै अन्यायमा परेपछि…

गलकोट। अरुलाई न्याय प्रदान गर्ने न्यायालय नै भवन पुनःनिर्माण गर्न नसक्दा पीडित भएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको उच्च अदालत पोखरा बागलुङ इजालसको हालसम्म कतैबाट पुनःनिर्माणको पहल नगर्दा जनताको समस्या समाधान गर्ने अदालत आफै समस्यामा परेको छ ।

भूकम्पमा भवन चर्केपछि प्राविधिकले कामकाज गर्न नहुने भन्दै (रातो स्टिकर) टाँसेको भवनबाट सेवा दिनुपरेको अदालतको गुनासो रहेको छ । अदालतको भवन जोखिमयुक्त भए पनि पुनःनिर्माणका लागि कतैबाट पहल नहुँदा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको उच्च अदालत पोखरा बागलुङ इजालसका रजिष्ट्रार धु्रवकुमार ढकालले बताए ।

‘अरुलाई न्याय दिने निकायनै अन्यायमा परेजस्तो भएको छ,’ ढकालले भने, ‘भूकम्प गएको तीन वर्षसम्म पुनःनिर्माणमा कसैले चासो नदिनु दुःखद् विषय हो ।’ पुनःनिर्माणका लागि पटक÷पटक पहल गर्दासमेत चासो नदिएको अदालतको गुनासो छ । उच्च अदालत पोखरा बागलुङ इजालसले साविक धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, मुस्ताङ, म्याग्दीका मुद्दा हेर्दै आएको छ ।

भवन निर्माणको लागि सर्वोच्चमा कुरा राखेको र सर्वोच्चले भवनको पुनःनिर्माण गर्नुपर्ने बताए पनि हालसम्म पुनःनिर्माणका लागि कतैबाट बजेट नआउँदा अदालत परिसरमा टहरा बनाएर इजालसको काम गर्ने गरेको अदालतका मुख्य भई काम गर्ने न्यायधीश हरिप्रसाद पौडेलले बताए ।

चैत १ गते, २०७५ - १६:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण हुने

काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण...   
तालपोखरामा डुङ्गा बन्द

तालपोखरामा डुङ्गा बन्द

पाल्पा । क सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो...   

टिपरको ठक्करबाट बस्नेतको मृत्यु

उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको...   
हाँस्ने शैलीले झल्काउँछ तपाईको व्यक्तित्व

हाँस्ने शैलीले झल्काउँछ तपाईको व्यक्तित्व

एजेन्सी । सामुद्रिक शास्त्रका माध्यमले हामीले जोकोहीको पनि व्यक्तित्व पनि विश्लेषण गर्न सक्छौं ।...   

सहमतिअनुसार कालोपत्र नगरेपछि बौद्धका व्यापारी फेरी आन्दोलनमा

काठमाडाैँ । निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ...   

कर्मचारीद्धारा रक्सी चुरोट र सुर्ती सेवन नगर्ने भन्दै दशबुँदे प्रतिबद्धता

दार्चुला। दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य...   
यी १९ वर्षीय युवती, जसको कम्मरले तान्यो विश्वका मानिसलाई !

यी १९ वर्षीय युवती, जसको कम्मरले तान्यो विश्वका मानिसलाई !

एजेन्सी । मानिसहरुले आफ्नो फिगरको तारिफ गरुन भनेर संसारका सबै केटी पतलो देखिन चाहन्छन् । फिगर बनाउन...   

यी स्थानीयवासी जसले करोडौँको जग्गा विद्युत् प्राधिकरणलाई दान गरे

गलकोट। गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण...   
जाजरकोटमा विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोटमा विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५...   

पत्रकारिताको विकासको लागि सरकार दृढ: मुख्यमन्त्री पौडेल

हेटाैँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top