Khabar Dabali Logo
  May 24, Fri

जहाँ सयभन्दा बढी कुष्ठरोगी

गौशाला । महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताएका छन् ।

उनले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्रमण रहेको तथा ५९ जनामा कम सर्ने कीटाणुको सङ्क्रमण रहेको बताए । उनले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी बिरामी जिल्लाको बलवा नगरपालिकामा र सबैभन्दा कम बिरामी जिल्लाको बर्दिवास नगरपालिका र सम्सी गाउँपालिकामा रहेको बताए ।

उनका अनुसार बलवा नगरपालिकामा प्रति १० हजारमा पाँचजना कुष्ठरोगी रहेको तथा बदिवास नगरपालिका र सम्सी गाउँपालिकामा समान रुपले प्रति १० हजारमा शून्य दशमलव तीनजना कुष्ठरोगी रहेका छन् ।

अधिकृत झाका अनुसार जिल्लामा प्रत्येक एक लाखमा २७ जना कुष्ठरोगीमध्ये महिला लगभग ४९ प्रतिशत, बालबालिका १२ प्रतिशत र अङ्गभङ्ग भएका कुष्ठरोगी १२ प्रतिशत रहेका छन् । जिल्लामा कुष्ठरोगको भयावह अवस्था हेरेर यही चैतमा जिल्लाको मनरा सिस्वा नगरपालिका र एकडारा गाउँपालिकाले कुष्ठरोगी खोजी अभियान चलाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चैत १ गते, २०७५ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण हुने

काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण...   
तालपोखरामा डुङ्गा बन्द

तालपोखरामा डुङ्गा बन्द

पाल्पा । क सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो...   

टिपरको ठक्करबाट बस्नेतको मृत्यु

उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको...   
हाँस्ने शैलीले झल्काउँछ तपाईको व्यक्तित्व

हाँस्ने शैलीले झल्काउँछ तपाईको व्यक्तित्व

एजेन्सी । सामुद्रिक शास्त्रका माध्यमले हामीले जोकोहीको पनि व्यक्तित्व पनि विश्लेषण गर्न सक्छौं ।...   

सहमतिअनुसार कालोपत्र नगरेपछि बौद्धका व्यापारी फेरी आन्दोलनमा

काठमाडाैँ । निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ...   

कर्मचारीद्धारा रक्सी चुरोट र सुर्ती सेवन नगर्ने भन्दै दशबुँदे प्रतिबद्धता

दार्चुला। दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य...   
यी १९ वर्षीय युवती, जसको कम्मरले तान्यो विश्वका मानिसलाई !

यी १९ वर्षीय युवती, जसको कम्मरले तान्यो विश्वका मानिसलाई !

एजेन्सी । मानिसहरुले आफ्नो फिगरको तारिफ गरुन भनेर संसारका सबै केटी पतलो देखिन चाहन्छन् । फिगर बनाउन...   

यी स्थानीयवासी जसले करोडौँको जग्गा विद्युत् प्राधिकरणलाई दान गरे

गलकोट। गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण...   
जाजरकोटमा विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोटमा विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५...   

पत्रकारिताको विकासको लागि सरकार दृढ: मुख्यमन्त्री पौडेल

हेटाैँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top