Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

एक युवतीको तीन ब्वाईफ्रेन्ड र प्रेम सम्बन्ध

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौर तरिका बद्लिदैछ । डिजिटल युगमा हुर्कदो फास्टफुड पुस्ता प्रेममा पनि भिन्न स्वाद र प्रयोग रुचाउन थालेका छन् । यसै सन्दर्भमा हिन्दी बिबिसी अनलाइनले एक लेख प्रकाशित गरेको छ, जसले युवापुस्तामा ‘मल्टिपल लभ’को ट्रेन्ड कसरी विकास हुँदैछ भनेर उल्लेख गरिएको छ ।

त्यहाँ लेखिएको छ, ‘२४ बर्षकी गरिमा तीन युवासँग एकसाथ प्रेम गर्छिन् । अर्थात उनीसँग अहिले तीन जना ब्वाइफ्रेन्ड छन् । रमाइलो त के भने, यी तीन ब्वाइफ्रेन्डले एकअर्कालाई चिन्छन् र यस सम्बन्धलाई उनीहरुले सहज मानेका छन् ।

अब प्रश्न उठ्छ कि एक युवतीले एकसाथ तीन युवासँग प्रेम गर्न सक्छन् ?

गरिमाले यसको दिएकी छिन् ।’

भनिन्छ प्रेम र युद्धको कुनै सीमा हुँदैन । कुनै नियम हुँदैन । कुनै सूत्र हुँदैन । एक जना युवाले एक जना युवतीसँग मात्र प्रेम गर्छ वा प्रेममा एकल सम्बन्ध मात्र स्थापित हुन्छ भन्ने शैली अहिले फेरिएको प्रमाण हो यो ।

त्यसो त अहिलेका पुस्तावीच हुने प्रेममा भावनात्मक भन्दा बढी शारीरिक हुने गरेका छन् । बाहिरी आकर्षणलाई नै प्रेम भनेर बुझिरहेका यी पुस्ता प्रेम पछि शारीरिक सम्बन्धसम्म पुग्ने गर्छन् । त्यसपछि भने उनीहरुको प्रेम दिगो रहँदैन ।

यही ढंगको प्रेम(चक्करमा फन्को लगाइरहेका थुप्रै युवायुवती अनेकन समस्यामा पनि फसिरहेका छन् । अनिच्छित गर्भ रहने, अवैंधानिक गर्भपतन गराउने जस्ता कुरामा उनीहरु फस्ने गरेका छन् । पछिल्लो समय युवापुस्ताको चिन्ता, डिप्रेसन र आत्महत्याको पछाडि पनि उनीहरुको कच्चा प्रेम सम्बन्ध नै कारण बन्ने गरेको देखिन्छ ।

हुन त के भनिन्छ भने, प्रेम गरिदैन । यो आफै हुन्छ । अर्थात स्वतस्फूर्त रुपमा प्रकट हुने भावनात्मक संवेग हो प्रेम । त्यसैले प्रेम चाहेर गरिने वा चाहेर छुटाइने कुरा पनि भएन । तर, वैशालु जोडीबीच हुने प्रेम भावनाबाट प्रकट भएर होइन, शारीरिक आकर्षणबाट हुनेगर्छ । यस किसिमको प्रेम(सम्बन्ध बढाउनुको पछाडि उनीहरुमा अनेक स्वार्थ र उदेश्य हुनेगर्छ ।

कतिपयले देखासेखीमा यस्ता सम्बन्ध बनाउँछन् । कतिपयले शारीरिक आवश्यक्ता परिपूर्तिका लागि सम्बन्ध बनाउँछन् । यसरी प्रेम सम्बन्ध बनाउने क्रममा उनीहरु एउटै साथीमा मात्र सीमित नहुन सक्छन् । एकसाथ दुई वा तीन जनासँग पनि प्रेम सम्बन्ध बनाउन सक्छन् ।

बिबिसीमा लेखिएको छ, ‘खासगरी यस किसिमको सम्बन्धलाई उनले ‘पोलिएमरस रिलेशनशिप’ भनेकी छिन् । यस किसिमको सम्बन्धको चलनलाई पोलिएमरी नामले जानिने रहेछ ।

के हो पोलिएमरस रिलेशनशिप ?

उक्त लेखमा जनाइए अनुसार पोलिएमरी ग्रीक र ल्याटिन भाषाको दुई शब्द मिलेर बनेको छ । पोली ग्रीक र एमर ल्याटिन भाषा हो । पोलीको अर्थ एकभन्दा बढी हो भने एमोरको अर्थ प्रेम हो । अर्थात एकै समयमा एक भन्दा बढी व्यक्तिसँग प्रेम गर्ने चलन ।

यस किसिमको सम्बन्ध स्थापित गर्दा प्रेमी(प्रेमिकाबीच केही सर्त र सीमाहरु लागु हुन्छ । यसको सबैभन्दा ठूलो र जरुरी सर्त हो, सम्बन्धमा इमान्दरी र पारदर्शिता । यस सम्बन्धमा सामेल हरेक पार्टनरले एकअर्कालाई राम्ररी चिन्दछन् । सबैको सहमतिमा नै यस किसिमको सम्बन्ध बनान्छ ।

गरिमा र उनका प्रेमीको कथा

गरिमाले आफुले कसरी यस किसिमको सम्बन्ध बनाउन पुगें भनेर लेखेकी छिन् । उनकै भाषामा(

म करिब १३(१४ बर्षकी थिएँ, जब मेरो पहिलो प्रेम भयो । हामी दुबै एकअर्कासँग खुसी थियौं । सबै ठिकठाक चलिरहेको थियो । म अरुसँग पनि आकषिर्त हुन थालें । साथै म आफ्नो पार्टनरलाई पनि छाड्न चाहन्नथे । तर, यस्तो कसरी संभव थियो कि एक युवतीको दुई ब्वाईफ्रेन्ड रु

किशोरावस्थाका केही बर्ष मेरो एकदम झर्कोलाग्दो र समस्याग्रस्त थियो । म गंभीर ‘आइडेन्टिटी क्राइसिस’ (पहिचानको संकट)सँग जुधिरहेकी थिएँ । मलाई नजिकबाट चिन्नेहरुले मलाई ‘चरित्रहीन’को ट्याग भिराइदिए । कतिले भने कि, मलाई ‘सेक्स’को लत छ र मैले मनोचिकित्सककहाँ जानुपर्छ ।

म परामर्शदाताकहाँ पुगें । उनले मलाई निकै राम्ररी सम्झाउने प्रयास गरे । साथै उनले के प्रश्न गरे भने, कुनै युवकले कसरी स्विकार गर्छ कि उसको गर्लफ्रेन्डको अरु पनि ब्वाइफ्रेन्ड छ भनेर रु उनको कुराले पुन मलाई ग्लानीबोध भयो ।

यसबीचमा म पढाईका लागि विदेश गएँ । त्यहाँको महौललाई म बुझ्न थालें, जसले मलाई केही सहज महसुष गरयो । त्यहाँ मैले आधुनिक सम्बन्ध, सेक्स र क्रान्तिबारे केही किताब पढें । त्यहाँ मैले म जस्तै अरु केही साथीहरु पनि भेटें । उनीहरु यस किसिमको सम्बन्ध सहजै स्विकार गर्थे र त्यसमा कुनै ग्लानी अनुभव गर्दैनथे ।

क्रमस मबाट पनि ग्लानी र लाज हट्दै गयो ।

विदेशमा नै मलाई एक साथी मिल्यो । उनी उमेरले मभन्दा धेरै पाको र समझदार थियो । मैले उनीसँग आफ्नो स्वभावको बारेमा खुलेर कुरा गरें । उनले भने कि उनलाई मेरो विचार र जिन्दगी जिउने तरिकाबाट कुनै अप्ठ्यारो हुनेछैन ।

हामी एकअर्कासँग प्रेम गथ्र्यौं । हामी पूर्ण आनन्दका साथ जिन्दगी जिउन थाल्यौं । तर ति सबैकुरा बद्लियो, जब म कुनै अरुको नजिक पर्न थालें । मेरा ति साथी सैद्धान्तिक रुपले त ‘पोलिएमरी’मा सहमत थिए, तर जब यो व्यवहारिक रुपमै यस्तो सम्बन्ध बनाउनुपर्ने भयो, उनले यसलाई स्विकार्न सकेनन् ।

उनले मलाई भन्न थाले कि, ‘मेरो प्रेममा कुनै कमी थियो रु के हाम्रो सम्बन्ध यति कमजोर थियो रु के हाम्रो सेक्स लाइफ राम्रो थिएन रु जसले गर्दा तिमी अरुप्रति आकषिर्त भयौ रु’

तर, मैलें आफ्नो स्वभावबारे उनलाई पहिले नै स्पष्ट रुपमा भनिसकेकी थिएँ । त्यसैले उनलाई सम्झाउनका लागि कुनै आवश्यक्ता थिएन । यसरी हामी एकअर्काबाट विस्तारै टाढियौं ।

जब म सक्षम छु भन्ने लाग्यो

म भारत फर्किएँ । यतिबेलासम्म मसँग पालिएमरीको सम्बन्धमा पुरा जानकारी थियो । त्यसपछि मैले यसबारे अरु थप जानकारी लिने एवं रिसर्च गर्ने विचार गरें ।

समय वित्दै गएपछि मलाई थाहा भयो कि भारतमा पनि थुप्रै युवा पालिएमरस छन् । अहिले म व्यक्तिगत रुपमा कम्तिमा सय जना यस्तै साथीहरुलाई चिन्छु, जो स्वयम्लाई पोलिएमरस मान्छन् । उनीहरुले सोशल मिडियामा यसको खुलेर समूह बनाएका छन् र सपोर्ट ग्रुप बनाएका छन् ।

फेसबुकमा पनि एक क्लोज्ड ग्रुप छ ‘बेंगलुरु पोलिएमरी’ । यो ग्रुप पोलिएमरस व्यक्तिका लागि मिटिङ, गेट टुगेदर र स्पिड डेटिङ जस्ता कार्यक्रम आयोजना गर्छन् ।

म पनि उनीहरुको यस्तै एक इभेन्टमा गएको थिएँ त्यहाँ मलाई निकै रमाइलो लाग्यो । मलाई लाग्यो कि म एक्लो छैन ।

फेरि प्रेम भयो

यसै क्रममा एक डेटिङ एपको माध्यामबाट म अर्को पुरुषसँग सम्बन्धमा रहें । केही भेटघाटपछि मैले उनलाई आफ्नो स्वभावको बारेमा सबै बताइदिएँ । हामीले के तय गर्‍यौं भने यस किसिमको सम्बन्ध पुरा इमान्दारी र कुनै दबाव विना बिताउनेछौं ।

हामीले प्रेम सम्बन्ध गाँसेको ६ महिनापछि म अर्को युवाको प्रेममा परें । म उनीसँग डेट गर्न चाहन्थें । मैले यो कुरा पूर्व प्रेमीलाई सुनाए र उनकै सहमतिमा म दोस्रो युवासँग डेट गर्न थाले । उनको र मेरो शारीरिक सम्बन्ध पनि भयो । यो कुरा मैले अघिल्लो प्रेमीलाई सुनाएँ ।

मेरो कुरा सुनेर उनी दुःखी नभएका होइनन् । तर, उनले आफुलाई सम्हाले र शालिन ढंगले आफ्नो कुरा व्यक्त गरे । मलाई थाहा थियो, उनले हामीवीचको सम्बन्ध तोड्ने छैन । पछि ऊ मेरो दोस्रो ब्वाइफ्रेन्डसँग पनि भेट्न गयो ।

केही समयपछि मलाई तेस्रो युवा मनपर्न थाल्यो । मैले उनीसँग पनि निर्धक्क आफ्नो सम्बन्ध बढाएँ । सोझै भन्ने हो भने, यतिबेला मसँग एकसाथ तीन ब्वाईफ्रेन्ड थियो । यी तीन जना ब्वाईफ्रेन्डले एकअर्कालाई चिन्छन् ।

तर, पोलिएमरस हुनुको सबैभन्दा अप्ठ्यारो चाहि के भने, हामीसँग सबैलाई दिने समय एकदम कम हुन्छ । सबैसँग समान रुपमा सुमधुर सम्बन्ध कायम राख्न निकै मुश्किल हुन्छ । म एक होइन, तीन तीन जनासँगको सम्बन्ध सम्हाल्छु । यी सबैसँग समय व्यवस्थापन गर्नु त्यती सजिलो छैन ।

म चरित्रहिन होइन

मैले आफ्ना आमाबुवालाई भनेकी छु कि, म पोलिएमरस हुँ । उनीहरुले मलाई केही हदसम्म स्विकार गरेका छन् । तर, उनीहरुलाई यसबारे त्यती गहिरो ज्ञान छैन ।

मेरो पहिलो ब्वाईफ्रेन्डलाई लिएर उनीहरु सहज छन् । ऊ हाम्रो घरमा सहज आउजाउ पनि गर्छन् । तर, बाँकी दुई पार्टनरसँग भने मेरो परिवार त्यती सहज छैनन् । म उनीहरु दुईजनाको बारेमा त्यती कुरा पनि गर्दिन ।

तर, यदि तपाईं विवाहको बारेमा सोध्नुहुन्छ भने म विवाह भन्ने संस्थाकै विरुद्धमा छु । मलाई लाग्छ कि यो एक पितृसतात्मक संस्था हो र यसको आधार सामाजिकभन्दा केही बढी आर्थिक छ । यदि मलाई धेरै दबाव दिइयो र विवाह गर्नैपर्ने भयो भने पहिलो ब्वाईफ्रेन्ड नै रोज्नेछु ।

मलाई बुझ्नेहरुले ठान्छन् कि म चरित्रहीन हुँ । यसले मलाई केही फरक पर्नेवाला छैन । यदि कोही यसबारे मसँग तर्क गर्छ भने म भन्छु कि, ‘मलाई अलग(अलग युवासँग सम्बन्ध बनाउन रुची लाग्छ त के गरौं रु’

ब्वाईफ्रेन्ड यसबारे के सोच्छन् ?

यी युवतीकी ब्वाईफ्रेन्डको नाम मिहिर हो । मिहिरले पनि बीबीसीसँग कुराकानी गरेका रहेछन् । मिहिरका अनुसार उनकी गर्लफ्रेन्ड गरिमा पूर्ण इमान्दार छिन् । उनले गरिमाबाट कुनै कुरा लुकाउन परेको छैन । उनले गरिमालाई जुनसुकैबेला परीक्षण गर्न सक्छन् ।

मिहिरले भनेका छन्, ‘गरिमा एकदम समझदार र बुद्धिमान छिन् । उनी खुला छिन् । सुरुमा उनको कुरा सुनेर मलाई केही असहज लागेको थियो । उनले मभन्दा अरु राम्रो केटा भेट्यो भने मलाई छाड्छ भन्ने लागेको थियो, तर त्यसो भएन । उनी सधै मेरो साथमा रहिन् ।’

मिहिरको परिवारले गरिमालाई चिन्छ ?

यसको जवाफमा मिहिर भन्छन्, ‘गरिमा मेरी गर्लफ्रेन्ड हुन् भनेर मेरो परिवारलाई थाहा छ । तर उनीहरुलाई मैले गरिमा पोलिएमरस हुन् भनेर भनेको छैन । किनभने मैले यो कुरा बताएँ भने उनीहरुले यसलाई स्विकार्ने छैनन् । तर मेरा नजिकका साथीहरुलाई यो कुरा थाहा छ ।’

मिहिरका अनुसार पोलिएमरस सम्बन्धमा सबैभन्दा ठूलो चुनौती भनेको कुराकानी हो । कतिपय आफ्नो पार्टनर यति व्यस्त हुन्छन् कि उनीसँग कुराकानी गर्न नै पाइदैन । यस सम्बन्धको सुन्दर पक्ष चाहि दुबै पारदर्शी र इमान्दार । आफ्नो पार्टनरलाई कुनै कुरा लुकाउन जरुरत छैन ।

पोलिएमरी जन्मजात प्रवृत्ति कि मनोमानी रोजाई

यस विषयमा विशेषज्ञका अलग अलग राय छ ।

सेक्स, प्रेम र मान्छेको इच्छाबारे चर्चा गर्ने परियोजना ‘एजेन्ट अफ इश्क’का अगुवाई गर्ने परोमिता वोहरा भन्छिन्, ‘समाजशास्त्रीका अनुसार मान्छेमा पोलिएमरी अर्थात एकभन्दा बढी पार्टनर राख्ने बानी जन्मजात हो । पछि सामाजिक नियमले मान्छेलाई बाँध्दै लग्यो र उनीहरु सामाजिक नियममा बाँधिए । एक पार्टनरलाई एक जनासँग मात्र सम्बन्ध राख्ने सामाजिक मान्यता बनाइयो ।’

उनी के भन्छिन् भने एक जनासँग प्रेम सम्बन्ध राख्नु वा एक जनासँग मात्र जीवन बिताउनु सामाजिक प्रचलन हो । यो खराब होइन । तर, जब उनीहरुको सम्बन्ध रसिलो छैन भने जबरजस्ती झुठो सम्बन्धमा बाधिएर बस्न बाध्य हुन पनि राम्रो हौइन । हामी जहिले पनि खुम्चिएर वा झुट बोलेरै जीवन बिताइरहेका हुन्छौं । पोलिएमरीले कम्तीमा यस्तो झुटो सम्बन्धमा खुम्चन बाध्य बनाउँदैन ।’

के भन्छ सामाज विज्ञान ?

तमाम शोधकर्ता दावी गर्छन् कि मानिस स्वभावैले ‘मोनोगमस’ (एकजना पार्टनरसँग सम्बन्ध राख्ने होइन । यस्तो एकदम कम हुन्छ कि जब कुनै व्यक्ति एक जनासँग मात्र जीवनभर चित्त बुझाएर बस्छन् । यस सम्बन्धमा अमेरिकी लेखक क्रिस्टोफर रायनले केही पुस्तक समेत लेखेका छन् ।

उनको अनुसार मान्छे एक मोनोगमस प्राणीको रुपमा विकास भएका हुँदै होइनन् ।

युनिभर्सिटी अफ वाशिङटनका प्रोफेसर डेभिड पि बै्रशका अनुसार मोनोगैमी अर्थात एकै पार्टनर राख्ने प्रथा बर्तमानको हो । विगतमा एकसाथ केही पार्टनरसँग सम्बन्ध बनाउनुलाई अनौठो नमानिने उनको भनाई छ । प्रोफेसर बै्रशका अनुसार मानिस स्वभाविक रुपले मोनोगमस होइनन् तर यसको मतलब यो होइन कि मनोगोगैमी अप्राकृतिक हो । बीबीसीबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies